सोनीको ब्लगरहरुसँग भेटघाट, आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता

Technology Khabar २७ श्रावण २०७३, बिहीबार

सोनीको ब्लगरहरुसँग भेटघाट, आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं ।

काठमाडौं, २७ साउन । सोनीले आफ्नो ब्राण्डको बारेमा जानकारी दिने उद्धेश्यले ब्लगरहरुसँग भेटघाट गरेको छ । सोनीको नेपालका लागि आधिकारिक बितरक नेपा हिमा ट्रेड लिंकले सोनी ब्राण्डका विभिन्न उत्पादनहरुको बारेमा ब्लगरहरुसँग छलफल गरेको हो ।

नेपा हिमाले नेपालमा उपलब्ध सोनीका विभिन्न इलेक्ट्रोनिक्स उपकरणहरुको बारेमा जानकारी गरायो । कार्यक्रममा कम्पनीका कर्पोरेट सेल्स एण्ड मार्केटिंग म्यानेजर सन्नी श्रेष्ठ तथा ब्राण्ड एग्जक्यूटिभ राजवंशले विभिन्न जानकारी दिएका थिए । उक्त अवसरमा विशेषगरी सोनीका नेपाली बजारमा अाउन लागेका स्मार्टफोनहरुको बारेमा छलफल भएको थियो ।Bloggers' meet Group Photo

उक्त भेटघाटमा विभिन्न ब्लगरहरुको उपस्थिती रहेको थियो । कम्पनीले आगामी दिनमा अझ फरक किसिमले ब्लगर मिट गर्ने योजना रहेको जानकारी दियो ।

Global Bank
easy care

प्रकाशित: २७ श्रावण २०७३, बिहीबार