माइक्रोम्याक्स यूनाइट ४ प्लस, बजेट स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर

Technology Khabar २४ श्रावण २०७३, सोमबार

माइक्रोम्याक्स यूनाइट ४ प्लस, बजेट स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर
NTC_Advt

काठमाडौं, २४ साउन । माइक्रोम्याक्सले क्यानभास यूनाइट सिरिजको नयाँ स्मार्टफोन यूनाइट ४ प्लस (Unite 4 Plus) सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड माइक्रोम्याक्सले बजेट स्मार्टफोनको रुपमा नयाँ फोन ल्याएको हो ।

यो स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले रहेको छ भने १ गीगाहर्जको क्वाड-कोर मिडिया टेक एमटि६७३५ पी प्रोसेसर तथा २ जीबीको र्याम राखिएको छ । फोनमा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई बढाएर ६४ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनको सबैभन्दा प्रमुख विशेषता भनेको यसको होम बटनमा फिंगरप्रिन्ट सेन्सर (Fingerprint Sensor) राखिएको छ । बजेट स्मार्टफोनमा फिंगरप्रिन्ट भएको सिमित स्मार्टफोनहरुमध्ये यो पनि पर्दछ ।

यो स्मार्टफोनमा ८ मेगापिक्सेलको रियर अटोफोकस क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा संचालन हुने यो स्मार्टफोनमा दुई वटा सिम प्रयोग गर्न सकिन्छ ।

कनेक्टिभिटीका लागि यसमा फोरजी एलटिई, जीपीएस, ब्लूटूथ, वाईफाई, ३.५ एमएम अडियो ज्याक, माइक्रो यूएसबी लगायतका फिचर छन् ।

माइक्रोम्याक्सको यूनाइट फोर प्लस स्मार्टफोनमा इन्डस ओएस २.० सहित १२ क्षेत्रिय भाषाको सुविधा रहेको छ । यसमा विभिन्न भाषाहरु तथा ट्रान्सलेसनका फिचरसहित विभिन्न एप्स पहिले नै राखिएका छन् ।

श्याम्पेन, ग्रे तथा सिल्भर कलर अप्समा उपलब्ध हुने यो स्मार्टफोन हाल भारतीय बजारमा मात्र उपलब्ध छ । यो स्मार्टफोनको मूल्य भारतीय बजारमा भारु ७,९९९ तोकिएको छ ।

प्रकाशित: २४ श्रावण २०७३, सोमबार