मनीग्राम र सिटी एक्सप्रेसबिच रकम भुक्तानी सेवाका लागि सहकार्य

Technology Khabar २१ श्रावण २०७३, शुक्रबार

मनीग्राम र सिटी एक्सप्रेसबिच रकम भुक्तानी सेवाका लागि सहकार्य

काठमाडौं ।

काठमाडौँ, २१ साउन । मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.सँग सहकार्य गरेको छ ।

यसका साथै, मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै रू.५०/- को टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालियाले भने, “यस सहकार्यले अब सो सेवा अझै विस्तारित भएको छ र विशेष गरी मिडल इस्टमा (गल्फ क्षेत्र) काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी साबित हुनेछ ।”

मनीग्रामसँगकव् सहकार्यले सुदृढ सेवा र्पुयाउन हामीलाई धेरै मद्दत गर्ने कम्पनीको भनाई छ ।

विश्व बैंकका अनुसार नेपालमा सन् २०१५मा ५.८ बिलियन डलरको रेमिटान्स भित्रिएको जनाएको छ । यसमा कतारबाट १.६८ बिलियन डलर र साउदी अरेबियाबाट १.६० बिलियन डलर भित्रिएको जनाउ गरिएको छ । अन्य क्षेत्रहरूमा संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत र मलेसिया अग्रणी स्थानमा छन् ।

easy care

प्रकाशित: २१ श्रावण २०७३, शुक्रबार

ताजा समाचार