आईफोन सेभेनमा ३ जीबीको र्याम, नयाँ आईफोन अझ बढि शक्तिशाली

Technology Khabar २१ श्रावण २०७३, शुक्रबार

आईफोन सेभेनमा ३ जीबीको र्याम, नयाँ आईफोन अझ बढि शक्तिशाली

काठमाडौं, २१ साउन । एप्पलको आउन लागेको नयाँ आईफोनमा र्यामको क्षमतामा वृद्धि हुने भएको छ । नयाँ आईफोनमा यसअघिको आईफोनको तुलनामा अधिक क्षमताको र्याम प्रयोग हुने समाचार डिजीटाइम्सले सार्वजनिक गरेको छ ।

पछिल्ला दिनहरुमा नयाँ पुस्ताका स्मार्टफोनहरुमा र्याम क्षमता बढिरहेको छ भने एप्पलको आईफोन डिभाइसहरुमा पनि अधिक क्षमताका र्याम प्रयोग हुने उल्लेख छ । यसले गर्दा र्यामको माग आगामी दिनमा अझ बढ्ने र्याम उद्योगसँग सम्बन्धित स्रोतहरुले बताएको रिपोर्टमा उल्लेख छ । नयाँ पुस्ताको आईफोनमा पनि डिआरएम क्षमतामा वृद्धि हुनेछ ।

आईफोन सिक्स एस र सेभेन
आईफोन सिक्स एस र सेभेन

यसको अर्थ हो आउन लागेको नयाँ आईफोन सेभेनमा (iPhone 7) सिरिजमा यसअघिको २ जीबीको र्यामको साटो ३ जीबीको र्याम प्रयोग हुने अनुमान छ । यहि बेलामा एन्ड्रोयमा आधारित स्मार्टफोनहरुमा भने ४ जीबीदेखि ६ जीबीको र्याम प्रयोग शुरु भईरहेको छ । एन्ड्रोयडमा आधिरित प्रिमियम सेटहरुमा पछिल्ला दिनहरुमा ६ जीबीको र्याम प्रयोग हुन शुरु भईसकेको छ ।

यसका साथमा नयाँ आईफोन जून आईफोन सेभेन (iPhone 7 ) वा सिक्स एसई (6Se) को नाममा बजारमा सार्वजनिक हुनेछ त्यसको हार्डवेयरमा पनि केहि परिवर्तन हुने अपेक्षा गरिएको छ ।

प्रमुख तीन मेमोरी चीप निर्माता कम्पनीहरु सामसंग, एसके हाइनिक्स, तथा माक्रोन टेक्नोलोजीले यो महिनाको पहिलो आधा अवधिमा चीपहरुको उत्पादनमा कटौती गरेका छन् । जसले गर्दा विश्वभर यसको आपूर्तिमा समस्या आएको छ ।

डिजीटाइम्सको उक्त रिपोर्टमा पछिल्लो अवधिमा र्यामको मूल्यमा वृद्धि हुँदै गएको उल्लेख छ । उत्पादनमा कटौती भएपनि प्रिमियम सेटहरुमा अधिक क्षमताको र्यामहरुको माग बढिरहेको हुँदा माग र आपूर्तिबिच सन्तुलन हुन नसक्दा मूल्यमा वृद्धि भएको हो । यसका साथै एलसिडी टिभी, एसटिबी, जीपीएस सेक्टरहरुमा प्रयोग हुने डिआरएममाको मूल्यमा पनि वृद्धि भएको छ ।

रिपोर्टकाअनुसार एनएएनडी फ्ल्याश चीप्सहरुको मूल्य पनि वृद्धि हुने क्रममा रहेको छ । विशेषगरी नयाँ पुस्ताका आईफोन डिभाइसहरुमा प्रयोग गरिने भएको हुँदा मागमा वृद्धि भईरहँदा मूल्यमा वृद्धि हुन लागेको बताईएको छ ।

डिजीटाइम्सको रिपोर्टलाई आधार मान्दा एप्पलले नयाँ आईफोनको उच्च मोडलमा र्यामको क्षमता बढाउन सक्नेछ । तर पनि यसबारेमा अहिले नै केहि भन्न सकिने अवस्था छैन् ।

नयाँ आईफोन यहि सेप्टेम्बर महिनाको पहिलो सातामा घोषणा हुने तथा सेप्टेम्बरदेखि प्रि-अर्डर गर्न सकिने अनुमान गरिएको छ ।

स्रोत माध्यम

TK Viber

प्रकाशित: २१ श्रावण २०७३, शुक्रबार

Loading...