हिमस्टार एयर कन्डिसनर नेपाली बजारमा

Technology Khabar १९ श्रावण २०७३, बुधबार

हिमस्टार एयर कन्डिसनर नेपाली बजारमा

काठमाडौं ।

काठमाडौँ, १९ साउन । नेपालमा हिमस्टारका विद्युतीय सामग्रीहरू उत्पादन, वितरण, तथा बजार–व्यवस्थापन गर्दै आएको हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले हिमस्टारको नयाँ एयर कन्डिसनर बजारमा ल्याएको छ ।

हिमस्टारका यी कन्डिसनरहरु उत्कृष्ट हुनुको साथ सुपथ मूल्यमा पाइने कम्पनीले जनाएको  छ । १ र १.५ टनमा उपलब्ध यी एयर कन्डिसनर हिम इलेक्ट्रोनिक्सका आधिकारिक विक्रेताबाट उपलब्ध हुनेछ ।

हिमस्टार एयर कन्डिसनरमा कपर कन्डेन्सर छ जुन आलमिनिम कन्डेन्सरले भन्दा कम विद्युत प्रयोग गरेर चौतर्फी रूपमा तापक्रम रेगुलेट गर्छ । त्यसैगरी टर्बो कुल मोडले स्पिडलाई नियन्त्रण गरी आरामदायी रूपमा हावा सबैतिर फ्याँक्छ । अटो क्लिनका लागि एउटा बटन थिच्दा पुग्छ । जसले ए.सि.लाई भित्रबाट आफै सफा गर्छ । एन्टि ब्याक्टेरियल फिल्टरले ब्याक्टेरिया भित्रिन दिँदैन, र हावालाई स्वच्छ राख्छ । एक्टिभ कार्बोन फिल्टरले हावामा धुलो मिसिन दिँदैन ।

ह्युमिडिफिकेसनले आद्रतालाई नियन्त्रणमा राखी हावाको मात्रालाई कायम राख्छ । अटो रिस्टार्टले बत्ती गए पछि पनि उही सेटिङ याद गरी बत्ती आउँदा सोही रुपमा काम गर्छ । र भिटामिन सि फिल्टरले हावामा भिटामिनको मात्रालाई कायम राखी छालामा ¥यास आउन नदिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १९ श्रावण २०७३, बुधबार

ताजा समाचार