गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल विक्रेताहरुको सम्मेलन

Technology Khabar १९ श्रावण २०७३, बुधबार

गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल विक्रेताहरुको सम्मेलन

काठमाडौं ।

काठमाडौं, १९ साउन युनिभर्सल ग्रुप अन्तर्गतको किरण सुज मेनुफेक्चरर र मोर्डन स्लिपर इन्डस्ट्री प्रालिको आयोजनामा पोखरामा बृहत ‘डिलर मिट’ सम्पन्न भएको छ । सम्मेलनमा देशभरबाट ६४ वटा अधिकृत विक्रेताहरुको सहभागिता रहेको कम्पनीका प्रमुख बजार व्यवस्थापक गणेश कार्कीले जानकारी दिए ।

सोहि अवसरमा लाइफटाइम एचिभमेन्ट अवार्ड बाट माँ भद«काली भवानी स्टोर्स काठमाण्डौलाई सम्मान गरिएको थियो ।

त्यसैगरी अन्य बिधावाट उत्कृष्ट हुने डिलरहरुलाई समेत सम्मानीत गरिएको छ  । सम्मानित हुनेमा गोल्डस्टार सुजतर्फ  पौडेल सुसेन्टर इटहरी, जयअम्बे स्टोर वीरगञ्ज, दिब्य लक्ष्मी स्टोर बुटवल, सुरज इन्पोरियम महेन्द्रनगर, अधिकारी ब्रदर्श बिजनेस प्रालि काठमाडौ, आशीर्वाद इम्पेक्स पोखरा, बनेपा चप्पल पसल बनेपा, आर एन डब्लु स्टोर वनेपा र रञ्जित सु सेन्टर पोखरा उत्कृष्ट भएका छन् ।

हात्तीछाप चप्पलतर्फ उत्कृष्ट डिलरहरुमा पौडेल सु सेन्टर इटहरी, गौरीशंकर फेन्सी स्टोर्स सुर्खेत, शुभलक्ष्मी टे«ड सेन्टर, सुभास रेडिमेड सेन्टर, न्यु सिद्धवावा इन्टरनेश्नल, प्रयाग टे«डर्स काठमाडौ, केशव फेन्सी भैरहवा, करिम बुट हाउस लाहान र अधिकारी ब्रदर्स बिजनेस प्रालिलाई सम्मान गरिएको थियो  ।

कम्पनीले नेपाल सहित दक्षिण एसिया सहित अरबीयन राष्ट्रहरुमा समेत निर्यात गर्ने गरेको छ । सो कम्पनी निर्यात क्षेत्रमा उत्कृष्ट कम्पनी भएकाले नेपाल चेम्बर अफ कमर्सले बिगत ७ बर्षदेखि निरन्तर सर्वाधिक निर्यात गर्ने कम्पनिको रुपमा सम्मान गर्दै आएको छ ।

किरण सुज मेनुफेक्चरर् दैनिक ३५ हजार जोर जुत्ता उत्पादन गर्दै आएको छ । त्यस्तै मोडन स्लिपरले दैनिक २५ हजार हात्तीछाप चप्पल उत्पादन गर्दै आएको छ । राजधानी उपत्यकामा प्रत्यक्षरुपमा ३ हजार जनाले रोजगार पाएको कम्पनीको दाबी छ ।

Global Bank
easy care

प्रकाशित: १९ श्रावण २०७३, बुधबार