फेसबुक म्यासेन्जरमा अब गोप्यरुपमा च्याट गर्न सकिने, सिक्रेट कन्भर्सेशन फिचर

Technology Khabar १९ श्रावण २०७३, बुधबार

फेसबुक म्यासेन्जरमा अब गोप्यरुपमा च्याट गर्न सकिने, सिक्रेट कन्भर्सेशन फिचर

काठमाडौं ।

काठमाडौं, १९ साउन । सामाजिक संजाल फेसबुकले म्यासेन्जरमा एण्ड टू एण्ड एनक्रिप्शन (End to end Encryption) शुरु गरेको करिब एक महिनापछि सिक्रेट कन्भर्सेशन शुरु गरेको छ । फेसबुकले दुई जना व्यक्तिबिच भएको च्याटलाई तेस्रो पक्षले हेर्न नमिल्ले सुविधा एण्ड टू एण्ड एनक्रिप्शन शुरु गरेको थियो ।

हाल कम्पनीले सिक्रेट कन्भर्सेशन (Secrete Conversation) फिचर आफ्ना एप प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ । यो फीचरद्धारा फेसबुक म्यासेन्जरमा दुई व्यक्तिबिच भएको कुराकानीलाई ती दुईमध्ये एक प्रयोगकर्ताले टाइमर राखेर हटाउन सक्नेछ । एण्ड टू एण्ड एनक्रिप्शनमा केबल दुईजनाको बिचमा भएको आपसी कुराकानी ती व्यक्तिहरुबिच मात्र सिमित हुनेछ । यस्तो कुराकानी अन्य व्यक्ति वा फेसबुकले पनि हेर्न वा पढ्न सक्नेछैन् ।secret_conversations_facebook

फेसबुकले ब्लगमा लेखेको छ । एण्ड टू एण्ड एनक्रिप्शनको यो फीचर दुई व्यक्तिबिच जून डिभाइसमा कुराकानी भईरहेको छ त्यो डिभाइसमा मात्र देखिन्छ ।

यस्तो कुराकानीबाट म्यासेजलाई हटाउनका लागि प्रयोगकर्ताहरुले यसको प्रयोग गर्दछ ।

हाल एण्ड टू एण्ड एनक्रिप्शनको सुविधा डेस्कटपबाट म्यासेन्जर प्रयोग गर्न भने सकिँदैन् । यो सुविधा एपमा प्रयोग गर्नका लागि म्यानुअली एक्टिभेट गर्नुपर्नेछ ।

एण्ड टू एण्ड एनक्रिप्शन म्यासेज,सिक्रेट कन्भर्सेशन

प्रयोगकर्ताले च्याटबक्समा जो साथीसँग कुराकानी गर्ने हो त्यसको छनौट गरेर माथिल्लो भागमा लेखिएको सिक्रेट कन्भर्सेशनको अप्शन छनौट गर्न सक्दछ । यूजरले यो सेलेक्ट गर्ने बित्तिकै टाइमर खुल्नेछ । एनक्रिप्ट गरिएको यस्तो म्यासेज तुरुन्त हटाउनका लागि टाइमरको अप्शनलाई छनौट गर्न पनि सकिन्छ ।facebook_secret_conversation

च्याट एनक्रिप्शनलाई पूर्णता दिनका लागि फेसबुक आफ्ना यूजर्सका लागि डिभाइस किको सुविधा पनि दिईरहेो छ । सिक्रेट कन्भर्सेशनका बिचमा दुई जनाले उक्त डिभाइस किको प्रयोग गरेर म्यासेज एनक्रिप्शन भएको छ की छैन भनेर चेक गर्न सकिन्छ ।

यो फिचर हाल जीआईएफ तथा भिडियो शेयरमा भने सपोर्ट गर्दैन् । त्यसैगरी यो सुविधा हाल एउटा डिभाइसमा मात्र उपलब्ध छ । यसको अर्थ प्रयोगकर्ताले शुरुमा जुन डिभाइसमा च्याट गरिरहेको थियो त्यो डिभाइसमा मात्र म्यासेजहरु हेर्न सकिन्छ  तर अर्को डिभाइस प्रयोग गर्दा भने त्यो जानकारी देख्न सकिँदैन् ।

तर यो सुविधा सबैलाई अहिले उपलब्ध भईसकेको छैन् । यो बिस्तारै सबैको लागि उपलब्ध हुनेछ भने त्यसको लागि केहि दिन लाग्नसक्ने बताईएको छ ।

प्रकाशित: १९ श्रावण २०७३, बुधबार