शाओमी एमआई म्याक्स नेपाली बजारमा, ६.४ इन्चको फ्याबलेटको मूल्य रु. ३४,९९९।- मात्र

Technology Khabar १६ श्रावण २०७३, आईतवार

शाओमी एमआई म्याक्स नेपाली बजारमा, ६.४ इन्चको फ्याबलेटको मूल्य रु. ३४,९९९।- मात्र
शाअाेमी एमअाई म्याक्सः मोबाइल्सखबर डटकम

काठमाडौं ।

काठमाडौं, १६ साउन । शाओमी ब्राण्डका फोनहरु नेपालमा आयात तथा बिक्री गर्दै आएको बत्सल इम्पेक्स प्रालिले शाओमीको नयाँ स्मार्टफोन ल्याएको छ । कम्पनीले बिहिवारदेखि बजारमा उपलब्ध हुनेगरि नयाँ स्मार्टफोन शाओमी एमआई म्याक्स (Xiaomi Mi Max) सार्वजनिक गरेको हो ।

Xiaomi-Mi-Max_02
शाअाेमी एमअाई म्याक्सः मोबाइल्सखबर डटकम

कम्पनीले आइतवार ब्लगर्सहरुसँगको छलफलमा नेपाली बजारमा एमआई म्याक्स उपलब्ध भएको जानकारी दिएको छ । यो स्मार्टफोन हाल प्रि-बुकिंगका लागि खुल्ला गरेको कम्पनीका प्रतिनिधि नितिश कुमार मुन्दडाले बताए। उनले भने, “यहि विहिबारदेखि किन्न सकिने यो स्मार्टफोनको प्रि-बुकिंग खुला गरेका छौं ।”

शाओमी एमआई सिक्सको मूल्य कम्पनीले ३४,९९९।- रुपैंया तोकेको छ । तर यो स्मार्टफोन अगस्ट ४ तारिखसम्म बुकिंग गर्ने ग्राहकलाई भने रु २,००० छु६ मूल्यमा अर्थात ३२,९९९।- रुपै‌यामा उपलब्ध गराउने जनाएको छ ।

यो स्मार्टफोन चीनमा सार्वजनिक हुँदा ३ जीबी र्याम ३२ जीबी स्टोरेजको मूल्य १,४९९ यूआन तोकिएको थियो भने भारतीय बजारमा यसको मूल्य १४,९९९।- भारतीय रुपैंया तोकिएको एमआईको भारतीय वेबसाइटमा उल्लेख छ ।

Xiaomi-Mi-Max_01
शाअाेमी एमअाई म्याक्सः मोबाइल्सखबर डटकम

कम्पनीले शाओमी एमआई म्याक्सको प्रि-बुकिंगका लागि शाओमीनेपाल डटकम डट एनपीमा गएर बुकिंग गर्न सकिने जानकारी दियो । कम्पनीले छिटै नै लाबिम पुल्चोक र न्यूरोडमा नयाँ शोरुम स्थापना गर्ने जानकारी पनि दिएको छ ।

शाओमी एमआई म्याक्सको बारेमा

यो स्मार्टफोन ६.४ इन्चको स्क्रीन भएको एमआईको फ्याबलेट फोन हो । यसको पिक्चर रिजोल्यूशन १०८०x१९२० रहेको छ भने यसको डिस्प्लेलाई कोर्निग गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ ।

Xiaomi-Mi-Max_03
शाअाेमी एमअाई म्याक्सः मोबाइल्सखबर डटकम

भारतमा करिब १ महिना पहिले सार्वजनिक भएको यो स्मार्टफोनमा ३ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ भने स्टोरेजलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनमा १.८ गीगाहर्जको हेक्सा-कोर क्वालकम स्न्याड्रयागन ६५० प्रोसेसर राखिएको छ भने एन्ड्रोयडको मार्शमाल्लो ६.० भर्सनमा आधारित भएर संचालन हुन्छ ।

शाअाेमी एमअाई म्याक्सः मोबाइल्सखबर डटकम
शाअाेमी एमअाई म्याक्सः मोबाइल्सखबर डटकम

फोटोका लागि यो स्मार्टफोनमा १६ मेगापिक्सेलको ड्यूल एलईडीसहितको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । रियर क्यामराको तलको भागमा फिंगप्रिन्ट रेन्सर राखिएको छ ।

यसमा ब्लूटूथ ४.२ भर्सन, वाईफाई, जीपीएस, इन्फ्रारेड पोर्ट, माइक्रो यूएसबी २.० भर्सन, फोरजी लगायतका कनेक्टिभिटी फिचर रहेको छ । यसमा पावरका लागि ४,८५० एमएएचको नन रिमूभेबल ब्याट्री राखिएको छ भने यसको मोटाई ७.५ मिलिमिटर मात्र रहेको छ । त्यस्तै यसको तौल २०३ ग्राम रहेको छ ।

ड्यूल सिम तथा ड्यूल स्ट्याण्डबाई सपोर्ट गर्ने शाओमी एमआई म्याक्समा माइक्रो तथा नानो सिम छुट्टाछुट्टै प्रयोग हुन्छ ।

Global Bank
easy care

प्रकाशित: १६ श्रावण २०७३, आईतवार

ताजा समाचार