शाओमीले पहिलो पटक ल्यापटप सार्वजनिक गर्यो, एप्पलको म्याकबुक एयरलाई टक्कर दिने दाबी

Technology Khabar १३ श्रावण २०७३, बिहीबार

शाओमीले पहिलो पटक ल्यापटप सार्वजनिक गर्यो, एप्पलको म्याकबुक एयरलाई टक्कर दिने दाबी

काठमाडौं ।

काठमाडौं, १३ साउन । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले पहिलो पटक ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले यसअघि नै ल्यापटप बजारमा ल्याउने चर्चा भईरहेको थिए भने एप्पलको म्याकबुकलाई टक्कर दिनेगरी ल्यापटप ल्याउने अनुमान गरिएको थियो ।

कम्पनीले निकै लामो प्रयासपछि पहिलो पटक नोटबुक सार्वजनिक गरेको छ । कम्पनीले यसलाई एमआई नोटबुक एयरको (Mi Notebook Air) नाममा सार्वजनिक गरेको छ, जुन चीनमा भने शाओमी एमआईबुक एयरको (Xiaomi Mibook Air) नामले बिक्री गरिनेछ ।Xiaomi Notebooks_03

शाओमीले एमआई नोटबुक एयरको दुईवटा भर्सनहरु सार्वजनिक गरेको छ । जसमध्ये पहिलो संस्करणमा १२.५ इन्चको डिस्प्ले राखिएको छ भने अर्को भर्सनमा १३.३ इन्चको डिस्प्ले रहेको छ । दुबै ल्यापटपका स्क्रीनहरुलाई सेभेन एच हार्ड ग्लासले कभर गरिएको छ । दुबै ल्यापटपहरु विण्डोज १० अपरेटिंग सिस्टममा आधारित रहेर संचालन हुनेछन् ।

शाओमी एमआई नोटबुक एयर १२.५ इन्च (Xiaomi Mibook Air 12.5 Inch)

यो श्रेणीमा भएकामध्ये सबैभन्दा पातलो ल्यापटप हो । यसको मोटाई केबल १२.९ मिलिमिटर मात्र छ भने यसमा पुरै मेटल बडि भएपनि केबल १.०७ ग्राम तौल मात्र रहेको छ । कम्पनीले यसलाई केबल म्यागाजिनको रुपमा उल्लेख गरेको छ, जुन दैनिक आफ्नो ब्यागमा बोकेर हिँड्न सकिन्छ ।Xiaomi Notebooks_01

यो ल्यापटपमा कोर एमथ्री प्रोसेसर राखिएको छ भने ४ जीबी र्याम तथा १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जुन स्टोरेजलाई बढाउन सकिन्छ । यसमा यूएसबी ३.०, अडियोका लागि ३.५ मिलिमिटरको हेडफोन ज्याक र कनेक्टिभिटी पोर्टहरुका लागि यूएसबी टाइप सी राखिएको छ । शाओमी एमआई नोटबुक एयर १२.५ मा ११.५ घण्टासम्मको ब्याकअप दिने ब्याट्री राखिएको छ । त्यसैगरी यसमा एकेजी कस्टम ड्यूल स्पीकर तथा डल्बी डिजिटल सराउण्ड साउण्ड सिस्टम पनि रहेको छ ।

१२.५ इन्चको ल्यापटपको मूल्य चीनमा ३,४९९ यूआन अर्थात करिब ५२५ अमेरिकी डलर तोकिएको छ ।

शाओमी एमआई नोटबुक एयर १३.३ इन्च (Xiaomi Mibook Air 13.3 Inch)

यो ल्यापटप अघिल्लो ल्यापटप संस्करण भन्दा केहि शक्तिशाली रहेको छ । यो ल्यापटपलाई गेमिंग ल्यापटपको रुपमा पनि प्रयोग गर्न सकिने बताईएको छ । यसमा छैटौं पुस्ताको कोर आई फाइभ प्रोसेसर राखिएको छ भने ८ जीबीको र्याम राखिएको छ । यसमा २५६ जीबीको स्टोरेज छ, जसलाई बढाउन संभव रहेको छ ।Xiaomi Notebooks_02

शाओमी एमआई नोटबुक एयर १३.३ इन्च ल्यापटपमा फूलएचडी डिस्प्ले राखिएको छ भने यसको मोटाई १४.८ मिलिमिटर रहेको छ । यसको तौल १.२८ ग्राम छ ।

कम्पनीले यो ल्यापटपममा ९.५ घण्टासम्मको ब्याट्री ब्याकअप दिने बताएको छ भने यसमा फास्ट चार्जरको सुविधा रहेको छ । यसको चार्ज आधा घण्टामा ५० प्रतिशतसम्म हुन्छ ।

यसमा पनि यूएसबी टाइप सी, यूएसबी ३.० पोर्ट, एचडीएमआई तथा ३.५ मिलिमिटरको हेडफोन ज्याक राखिएको छ । अन्य विशेषताहरुमा एकेजी कस्टम ड्यूल स्पीकरहरु तथा डल्बी डिजिटल सराउण्ड साउण्ड रहेको छ ।

कम्पनीले यो ल्यापटप चीनियाँ बजारमा ४,९९९ यूआन अर्थात करिब ७५० डलरमा बिक्री गर्नेछ ।

दुबै ल्यापटपहरु अगस्ट २ तारिखदेखि मात्र किन्न सकिनेछ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १३ श्रावण २०७३, बिहीबार

ताजा समाचार