माइक्रोम्याक्सको नयाँ ल्यापटप सार्वजनिक, विण्डोज १० मा आधारित

Technology Khabar १२ श्रावण २०७३, बुधबार

माइक्रोम्याक्सको नयाँ ल्यापटप सार्वजनिक, विण्डोज १० मा आधारित
Classic Tech

काठमाडौं, १२ साउन । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले ल्यापटपको नयाँ सिरिज माइक्रोम्याक्स इग्नाइट (Micromax Ignite) नाममा सार्वजनिक गरिएको हो ।

यो ल्यापटप सिरिज भारतीय बजारमा मात्र हाल उपलब्ध रहेको छ । यो सिरिजको नयाँ ल्यापटप भारतीय ई-कमर्श साइट फ्लिपकार्टमा उपलब्ध गराएको छ ।

माइक्रोम्याक्सको यो ल्यापटपमा इन्टेल पेन्टियम एन३७०० (Intel Pentium N3700) प्रोसेसर राखिएको छ भने विण्डोज १० (Windows 10) अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

यो ल्यापटपमा १४ इन्चको एचडी आईपीएस डिस्प्ले छ भने ४ जीबी र्याम तथा १ टेराबाइट स्टोरेज राखिएको छ । यो ल्यापटपमा ४,५०० एमएएचको ब्याट्री राखिएको छ ।

कनेक्टिभिटीका लागि माइक्रोम्याक्स इग्नाइट ल्यापटपमा यूएसबी २.० टाइपको दुई पोर्ट, एउटा एचडीएमआई पोर्ट तथा एउटा इथरनेट पोर्ट उपलब्ध छ ।Micromax-Ignite-ports

माइक्रोम्याक्स इन्फर्मेटिक्स लिमिटेडका शुभाजीत सेनले भने, ‘हाम्रो प्रयाश सँधै यस्तो डिभाइस बनाउने रहन्छ जसले कस्टमरहरुको आवश्यकता तथा भएका अत्याधुनिक प्रविधिका बीचको अन्तर कम गरोस् ।’

यसमा १ मेगापिक्सेलको वेबक्याम राखिएको छ भने ब्लूटूथ, वाईफाई, माइक्रो एसडी कार्ड रिडर पनि रहेको छ ।

कम्पनीले यसका साथमा अल्फा सिरिज घोषणा गरेको भएपनि यसको बारेमा भने जानकारी दिएन । यो सिरिज आगामि महिना बजारमा अाउने अनुमान छ ।

हाल भारतीय बजारमा मात्र उपलब्ध यो ल्यापटपको मूल्य भारु १८,९९० तोकिएको छ ।

प्रकाशित: १२ श्रावण २०७३, बुधबार

Comments are closed.

Loading...