अफ ग्रिड उर्जा प्रवद्र्धनका लागि एनसेलको सहकार्य

Technology Khabar १२ श्रावण २०७३, बुधबार

अफ ग्रिड उर्जा प्रवद्र्धनका लागि एनसेलको सहकार्य
Classic Tech
Nepal Telecom

काठमाडौं, १२ साउन । एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका निमित्त घाम पावर प्रा. लि.सँग एक सम्झौतासहित सहकार्य गरेको छ । यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ् र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यमबाट त्यहाँका स्थानियबासीलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित गरेकोे छ ।

सम्झौता अनुसार, घाम पावरद्वारा ओखलढुङ्गा र खोटाङ्मा स्थापना गरिएको तीन सौर्य लघु ग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको एङ्कर लोड लिन एनसेल प्रतिबद्ध छ । जसले गर्दा घाम पावरको यो अफ ग्रिड सिस्टमलाई लागु गर्न र दिगोपना दिन व्यावसायिक रुपमा संभव भएको हुनेछ ।

सरकारको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा घाम पावरले एसियाली विकास बैंकको ईनर्जी फर अल प्रोग्रामअन्र्तगत अनुदान सहयोग प्राप्तगरी यो सौर्य लघु ग्रिडको निर्माण गरेको हो । डिओइएन फाउन्डेशन र एनएमबि बैंकले पनि यो परियोजनामा सहयोग गरेका छन् । मोबाइल कम्पनीहरुको विश्वव्यापी संगठन जिएसएमएले पनि घाम पावरलाई मोबाइल टावर, स्थानिय समुदाय र व्यवसायीक गतिविधीहरुका लागि उर्जा आपुर्ति गर्न सहगोग गर्ने हेतुले सौर्य लघु ग्रिड स्थापनार्थ गत वर्ष ‘मोबाइल फर डेभलपमेन्ट युटिलिटिज् इनोभेसन्स् ग्रान्ट’ अर्थात बीउ पुँजी प्रदान गरेको थियो ।

यही सहकार्य अन्र्तगत, एनसेलले खोटाङ्को च्यास्मिटार गाविसको बनपालामा र उदयपुरको लेखानि गाविसको घुर्मिमा गरी दुईवटा सौर्य उर्जाबाट संचालन हुने मोबाइल टावर स्थापना गरिसकेको छ । यी टावरहरुले खोटाङ् र उदयपुर जिल्लाका ३१ गाविसहरुमा बसोबास गर्ने मानिसहरुलाई मोबाइल सेवाको पहुँच दिएको छ ।

एनसेलका आईसीटी निर्देशक आन्द्रास पालीले भने, “हामीले एङ्कर लोड लिने सुनिश्चित गरेका छौ । बाँकी उर्जा घाम पावरले समुदायलाई घरेलु प्रयोजनका लागि तथा अन्य लाभदायी आर्थिक गतिविधिहरुका निमित्त वितरण गर्न सक्छ ।”

हाल सम्म, कम्पनीको नेटवर्कमा ५.७७ प्रतिशत पूर्णरुपमा सौर्य उर्जामा संचालन हुने टावर रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १२ श्रावण २०७३, बुधबार

Comments are closed.

Loading...