एप्पलको ‘आईफोन सेभेन’ सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने

Technology Khabar १० श्रावण २०७३, सोमबार

एप्पलको ‘आईफोन सेभेन’ सेप्टेम्बर १२ तारिखमा सार्वजनिक हुने

काठमाडौं ।

काठमाडौं, १० साउन । एप्पलको नयाँ आईफोन यहि सेप्टेम्बरमा सार्वजनिक हुने चर्चाका बिचमा यसको सार्वजनिक हुने दिनको जानकारी आएको छ । एप्पलले आईफोन सेभेन (iPhone 7) यहि सेप्टेम्बरको १२ तारिखमा सार्वजनिक गर्ने भएको स्मार्टफोनहरको बारेमा जानकारी लीक गर्ने एभान ब्लास (@evleaks) ले जानकारी गराएका छन् ।

उनकाअनुसार एप्पलले नयाँ आईफोन सेप्टेम्बर १२ तारिखमा सार्वजनिक गर्नेछ । एप्पलले यसका लागि नेक्स्ट जेनेरेशनको आईफोन लाइनअप ल्याउनका लागि सेप्टेम्बर १२ मा विशेष कार्यक्रम आयोजना गर्नेछ ।

ब्लासले यसअघि दिएका जानकारीहरु अधिकांश मिलेको हुँदा यो जानकारी पनि सहि हुने अनुमान गरिएको छ । परम्परागतरुपमा एप्पलले नयाँ आईफोन सेप्टेम्बरमा सार्वजनिक गर्दै आएको छ । यसअघि गत वर्ष आईफोन सिक्स एस सेप्टेम्बर ९ तारिखमा सार्वजनिक गरिएको थियो ।
यसअघि आईफोन सेभेनको तीन नयाँ मोडलहरु आईफोन सेभेन (iPhone 7), आईफोन सेभेन प्लस (iPhone 7 Plus) तथा आईफोन सेभेन प्रो (iPhone 7 Pro) सार्वजनिक हुनसक्ने चर्चा चलेका थिए । तर ब्लासले भने यसमध्ये आईफोन प्लस वा प्रो मात्र आउनसक्ने उल्लेख गरेका थिए ।

विभिन्न जानकारीअनुसार आईफोन सेभेनका विभिन्न मोडलहरुमा एडभान्स प्रविधि प्रयोग गरिएका छन् । यसमा विशेषगरि आईसाइट क्यामराको आकारलाई बढाईएको छ भने ड्यूल लेन्स सूटर प्रयोग हुनेछ । त्यसैगरी यसमा रिफाईन्ड एन्टेना लाइन्स रहेको छ भने यसको हेडफोन ज्याक हटाईने चर्चा रहेको छ ।

माध्यम

easy care

प्रकाशित: १० श्रावण २०७३, सोमबार