जियोनीको एमसिक्स र एमसिक्स प्लस स्मार्टफोन, एमसिक्स प्लसमा ६,०२० एमएएचको ब्याट्री

Technology Khabar ७ श्रावण २०७३, शुक्रबार

जियोनीको एमसिक्स र एमसिक्स प्लस स्मार्टफोन, एमसिक्स प्लसमा ६,०२० एमएएचको ब्याट्री

काठमाडौं ।

काठमाडौं, ७ साउन । जियोनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यहि जूलाई २६ तारिखमा एमसिक्स (Gionee M6) तथा एमसिक्स प्लस (M6 Plus) स्मार्टफोनहरु सार्वजनिक गर्न लागिरहेको छ ।

यी दुबै स्मार्टफोनहरुको बारेमा केहि जानकारीहरु यसअघि नै सार्वजनिक भएपनि एम सिक्स प्लसको बारेमा भने अझै जानकारीहरु स्पष्टरुपमा आएका छैनन् ।

तर हाल म्याराथन सिरिजको एमसिक्स प्लस स्मार्टफोनको ब्याट्री क्षमताको बारेमा नयाँ जानकारी कम्पनीले दिएको छ । हालै प्लस संस्करणको लागि जारि गरिएको टिजर एडमा यसको ब्याट्री ६,०२० एमएएच क्षमताको रहेको उल्ल्लेख छ ।Gionee_M6 Plus

यसको स्ट्याण्डर्ड भर्सन एम सिक्स स्मार्टफोनमा पनि ५,००० एमएएचको ब्याट्री राखिएको छ ।

यहि जूलाईमा सार्वजनिक हुने एम सिक्स सिरिजका स्मार्टफोनहरुमा अतिरिक्त सुरक्षा राखिएको छ । यी स्मार्टफोनहरुमा महत्वपूर्ण एप्स, र एकाउण्टहरुको सुरक्षाका लागि अतिरक्त चीप सुरक्षा गरिएको बताईएको छ ।Gionee M6

एम सिक्सको बारेमा यसअघि नै टेनामा जानकारी सार्वजनिक भईरहेको छ भने प्लस संस्करणको बारेमा अझै स्पष्ट छैन् । तर पनि यी दुबै संस्करणहरुमा मिडियाटेक हेलियो पी १० चीपसेट, ५.५ इन्चको एमोलेड डिस्प्ले, ४ जीबी र्याम, ३२ जीबीदेखि १२८ जीबीसम्मको आन्तरिक मेमोरी अप्सन जून बढाउन मिल्दैन् रहने छ । त्यस्तै यसमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिने छ भने स्ट्याण्डर्ड भर्सनको एम सिक्समा एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सन राखिनेछ ।

माध्यम

easy care

प्रकाशित: ७ श्रावण २०७३, शुक्रबार

ताजा समाचार