स्वच्छ प्रविधिमार्फत खानेपानीमा पहुँच र व्यवसायीक खेतीमा एनसेलको सहयोग

Technology Khabar ६ श्रावण २०७३, बिहीबार

स्वच्छ प्रविधिमार्फत खानेपानीमा पहुँच र व्यवसायीक खेतीमा एनसेलको सहयोग

काठमाडौं ।

काठमाडौं, ६ साउन । एनसेलले स्याङ्जा जिल्लाका तीन गाउँलाई स्वच्छ प्रविधिमार्फत खानेपानीमा सजिलै पहुँच पुर्याउन र व्यावसायीक खेतीका लागि सहयोग प्रदान गरेको छ ।

एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत स्याङ्जाका एलादी, दिप्का र ठुलादी गाउँका ७५ घरपरिवारलाई जीवनस्तर उकास्न सहयोग गर्दै पानीको बहुउपयोगका लागि सुविधा प्रदान गरेको छ र स्थानिय बासिन्दालाई थोपा सिचाईमार्फत बढि मुल्य पर्ने तरकारी खेतीमा संलग्न भई अतिरिक्त आय आर्जन गर्ने अवसर प्रदान गरेको जनाएको छ ।

सहयोग कार्यक्रम अन्र्तगत एनसेलले यी तीनै गाउँहरुमा खोलाबाट पानी तानेर माथि गाउँमा ल्याउन मिल्ने हाईड्रोलिक र्याम पम्प जडान गरिदिएको छ । यसका साथै गाउँको उच्च भागमा पानी ट्याङ्की निर्माण र सो ट्याङ्कीबाट पानी वितरण गर्न मिल्ने पुर्वाधारको निर्माणमा पनि सहयोग गरेको छ । हाईड्रोलिक र्याम पम्प एक स्वच्छ उर्जा प्रविधि हो जसको माध्यमबाट खोलामा बगेको पानीलाई हावा र पानीको प्रेसरबाट माथि ट्याङ्कीमा पठाईन्छ ।

अहिले, यी तीन गाउँका ७५ परिवारका ४२० मानिसहरु र एक प्राथमिक विद्यालयले पानीको सुविधाबाट लाभान्वित भएका छन् । यसले गर्दा उनीहरुले थोपा सिचाईबाट बढि मुल्य पर्ने तरकारीहरुको उत्पादन, फलफुलका बोट बिरुवामा सिचाई, गाईबस्तुलाई पानी लगायत घरायसी कामकाज र सरसफाई गर्न एकदम सजिलो भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

“सम्बन्धित स्थानिय समुदायहरु नै यो परियोजनाको मालिक हुन्, उहाँहरुलाई व्यवसायीक खेती, लघु उद्यमको तालिम दिईएको छ र आफुले उत्पादन गरेको कृषि उपज बजारमा लैजानका लागि सम्बन्ध स्थापित गरिदिईएको छ ।,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

यो कार्यक्रम नेपालमा एक नौलो प्रविधि अबलम्बन गरिएको कार्यक्रम भएको कम्पनीको दाबी छ । संभवत देशमा नै पहिलो पटक पानी वितरण प्रणालीमा सिम मिटरिङ्ग प्रविधि लागु गरिएको छ । यो प्रणालीमा सिमकार्डको सहयोगबाट के कति पानी घरायसी प्रयोजन र सिचाईका लागि आपुर्ति भयो भन्ने तथ्याङ्क हेर्न सकिन्छ । पानी बितरकले प्रत्येक घरपरिवारमा कति पानी प्रयोग भएको छ अनुगमन गर्न सक्छ र त्यही अनुसार लाभकर्ता परिवारले संचालन तथा मर्मत संभारका लागि शुल्क तिर्न सक्छन् ।

पानीको सुविधामा भएको सुधारबाट यी गाउँका घरपरिवारहरुले राम्रो पोषण पाउने र उत्पादनमा वृद्धिको कारणले गर्दा उनीहरुको परिवारको वार्षिक आय पनि रु २५,०००/- भन्दा बढिले बढ्ने आशा गरिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ६ श्रावण २०७३, बिहीबार

तपाइको प्रतिक्रिया