शाओमीको इलेक्ट्रिक टूथब्रश, दाँत सफा गर्ने ब्रशमा ब्लूटूथ कनेक्टिभिटी

Technology Khabar ४ श्रावण २०७३, मंगलवार

शाओमीको इलेक्ट्रिक टूथब्रश, दाँत सफा गर्ने ब्रशमा ब्लूटूथ कनेक्टिभिटी

काठमाडौं, ४ साउन । शाओमीले बजारमा इलेक्ट्रिक टूथब्रश (Electric Toothbrush) ल्याउने भएको छ । कम्पनीले क्राउडफण्डिंग प्लेटफर्मअन्तर्गत दाँत मोल्ने इलेक्ट्रिक टूथब्रश सार्वजनिक गर्ने भएको हो ।

शाओमीले ल्याउने यो टूथब्रश स्कूकेयर एक्स थ्री (Scoocare X3) नाममा आउने छ, जसलाई चीनियाँ आविश्कारिक स्टार्टअप स्कूकेयर कासेल्सले निर्माण गर्नेछ । यो कम्पनी गत वर्ष स्थापना भएको हो र यसले फिलिप्सको सोनिकेयर लाइनअपको इलेक्ट्रिक टूथब्रशबाट अभिप्रेरित हुँदै आविश्कारिक ग्याजेट बनाउन लागेको हो ।

यो हातले नै प्रयोग गर्नुपर्ने डिभाइसमा म्याग्नेटिक लेभिटेशन एकोस्टीक वेभ मनिटर प्रयोग गरिएको छ जसले ब्रशको माथिल्लो भागलाई प्रतिमिनेट ३७,२०० पटक घुमाउँछ । यसमा भएको मोटरले पनि यसको घुमाईलाई ससक्त बनाउनेछ ।

यो टूथब्रशको ब्रिस्टल अमेरिकी कम्पनी डूपोन्टले बनाएको छ र यसमा १.१५२ मिलिमिटर पातलो नरम ब्रिस्टलहरु रहेका छन जून थ्रीडि डिजाइनमा रहेका छन् । यो ब्रिस्टल दाँतको भागमा राम्रोसँग मिल्नेर रिक्त स्थानमा पनि मिल्ने गरि बनाईएको छ ।

सामान्यतया दैनिक दाँतमोलेर सफा र स्वच्छ दाँत हासिल गर्नका लागि स्कूकेयर एक्स थ्रीमा सेन्सेटिभ केयर ब्रस हेड तथा डिप क्लिनिंग ब्रश हेड विशेषता रहेको छ । त्यसैगरी बालबालिकाहरुका लागि स्कूकेयर मिनी पनि ल्याउनेछ ।xiaomi-toothbrush-6

स्कूकेयर इलेक्ट्रिक टूथब्रसको बडि र चेसिसमा आईपीएक्स सेभेन (IPX 7) वाटरप्रुफ प्रमाणित रहेको छ र यो प्रयोग गरेपछि पानीले मज्जाले नि-शंकाेच धुन र सफा गर्न सकिन्छ ।

शाओमीको टूथब्रसमा ब्लूटूथ कनेक्टिभिटी पनि रहेको छ जून स्मार्टफोनसँग जोड्न सकिन्छ भने ब्याट्री पावर कतिछ भनेर हेर्न सकिन्छ ।

इलेक्ट्रिक टूथब्रसमा १,००० एमएएच ब्याट्री राखिएको छ जसले २५ दिनसम्म बिनाकुनै चार्ज प्रयोग गर्न सकिन्छ । यसको ब्याट्री १६ घण्टामा पुरै चार्ज हुन्छ ।xiaomi-toothbrush-2

शाओमी स्कूकेयर एक्स थ्रीको मूल्य २२९ यूआन अर्थात ३५ अमेरिकी डलर तोकेको छ भने यो क्राउडफण्डिंगअन्तर्गत उपलब्ध हुनेछ ।

माध्यम

TK Viber

प्रकाशित: ४ श्रावण २०७३, मंगलवार

Loading...