ग्यालेक्सी एस सेभेन एजको ओलम्पिक भर्सन, सबै खेलाडीलाई एस सेभेन एज निशुल्क दिने

Technology Khabar ३ श्रावण २०७३, सोमबार

ग्यालेक्सी एस सेभेन एजको ओलम्पिक भर्सन, सबै खेलाडीलाई एस सेभेन एज निशुल्क दिने

काठमाडौं ।

काठमाडौं, ३ साउन । सामसंगले ओलम्पिक गेमका लागि सामसंग ग्यालेक्सी एस सेभेन एजको (Samsung Galaxy S7 Edge) विशेष संस्करण सार्वजनिक गरेको छ । कोरियाली टेक कम्पनी सामसंगले यहि वर्ष ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आयोजना हुने रियो २०१६ ओलम्पिक्सका (Rio 2016 Olympics) लागि विशेष संस्करणको ग्यालेक्सी एस सेभेन एज ल्याएको हो ।

सामसंग ग्यालेक्सी एस सेभेन एजको ओलम्पिक संस्करण गत साता घोषणा गरेपनि आजदेखि मात्र विभिन्न बजारमा मूल्य सार्वजनिक भएको छ । कम्पनीले सिमित संस्करणमा ओलम्पिक संस्करण (Olympic Edition) सार्वजनिक गरेको यो फोन ब्राजिल, चीन, जर्मनी, दक्षिण कोरिया र अमेरिकामा मात्र बिक्री शुरु भएको हो ।Samsung-Galaxy-S7-Edge-Olympic-Edition

कम्पनीले यसमध्ये दक्षिण कोरियामा यसको मूल्य सार्वजनिक गरेको छ । सामसंगले सिमित संख्यामा सार्वजनिक गरेको यो फोनलाई अझ आकर्षक बनाउने प्रयास गरेको छ भने ओलम्पिकको पाँच कलरलाई यो स्मार्टफोनमा पनि राखिएको छ । ग्यालेक्सी एस सेभेन एजको पछाडिको भागमा ओलम्पिक रिंग बनाईएको छ भने यसको पावर बटन रातो, भोल्यूम बटनहरु हरियो, होम बटन तथा ईयरपिसहरु पहेँलो र क्यामराको घेरा निलो कलरको बनाईएको छ ।

ओलम्पिकको पाँच कलरलाई यो स्मार्टफोनमा पनि राखिएको छ

विशेष भर्सनको एस सेभेन एजको प्रत्येक फोनमा रियो ओलम्पिकको गेम्स थिम र वालपेपरहरु राखिएको छ । कोरियामा यो विशेष संस्करणको ग्यालेक्सी एस सेभेन एजको मूल्य १०,६७,००० कोरियाली वन अर्थात करिब ९४३ अमेरिकी डलर तोकिएको छ । ग्राहकहरुले यो स्मार्टफोन खरिद गर्दा गियर भिआर हेडसेट (Gear VR headset) प्राप्त गर्नेछन भने पहिलो १०० ग्राहकहरुले वायरलेस एक्टिभिटी ट्रयाकिंग गियर आइकनएक्स (Gear IconX) ईयरबड्स निशुल्क प्राप्त गर्नेछन् ।

ओलम्पिक गेम्सका सबै खेलाडिहरुलाई १२,५०० वटा सिमित सेटहरु तथा गियर आइकन एक्स हस्तान्तरण गर्ने

वायरलेस कम्यूनिकेसन्स इक्युपमेन्ट क्याटोगरीमा रियो ओलम्पिकको आधिकारिक सहकर्मी भएको हुँदा, टेक कम्पनी सामसंगले रियो ओलम्पिक गेम्सका सबै खेलाडिहरुलाई १२,५०० वटा सिमित सेटहरु तथा गियर आइकन एक्स हस्तान्तरण गर्नेछ, यसले ब्राजिलभन्दा बाहिर रहेका तिनका साथीहरु तथा परिवारहरुसँग कुराकानी गर्न सहयोग पुग्ने बताएको छ ।

माध्यम १  माध्यम २

easy care

प्रकाशित: ३ श्रावण २०७३, सोमबार