डिडिसीको नयाँ उत्पादन दाना र टि-मिल्क बजारमा

Technology Khabar ३१ असार २०७३, शुक्रबार

डिडिसीको नयाँ उत्पादन दाना र टि-मिल्क बजारमा

काठमाडौं ।

काठमाडौ ३१ असार । दुग्ध विकास संस्थानले आफ्नो ४८ औं वार्षिकोत्सवमा विभिन्न नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । संस्थानले नेपालको पशुपक्षी दान क्षेत्रमा रहेको निजी क्षेत्रको एकाधिकारकार तोड्दै पहिलोपटक डिडिसी दाना बजारमा ल्याउने भएको छ भने चियाका लागि टि मिल्क नामक छुट्टै दुधको पनि बिक्री सुरु गर्ने भएको हो ।

संस्थानले वार्षिकोत्सव र भावी योजनाबारेमा जानकारी दिन बिहीबार कृषि उपभोक्ता डबलीमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिमल्सिनाले संस्थानको यही साउन १ गते हुने वार्षिकोत्सव कार्यक्रममा उक्त उत्पादनहरु सार्वजनिक गरिने बताए । संस्थानले चियाका लागि उत्पादन गरेको दुध फ्याट कम भएको र बाक्लो रहेकोले हाल प्रचलनमा रहेको दुधभन्दा २ कप बढी चिया बनाउन सकिने जनाएको छ ।

संस्थानले होटलहरु व्यवसायीहरुको मागअनुसार वजार अध्ययन गरेरै टि मिल्क बजारमा ल्याउन लागेको संस्थानका उपमहाप्रवन्धक इश्वरी प्रसाद अधिकारीले बताए । उनका अनुसार टि मिल्कमा फयाटको मात्रा १.५ प्रतिशत रहेको छ भने एसएनएफको मात्रा सबैभन्दा बढी ९.५ प्रतिशत रहेको छ ।

सामान्य दुधमा एसएनएफको मात्रा ८ प्रतिशत र फयाटको मात्रा ३ प्रतिशत हुने गरेको छ । टि मिल्कका कारण थप १० हजार लिटर दुधको खपत बढ्ने संस्थानको अनुमान छ । त्यस्तै सस्थानले हेटौडामा सञ्चालनमा ल्याएको पशु आहार कारखानाबाट हालसम्म ७० हजार मेटिकटन दाना परीक्षणस्वरुप किसानसम्म पुगिसकेको र किसानबाट उत्साहजक प्रतिक्रिया आएको संस्थानले दाबी गरेको छ ।

संस्थानले आगामी योजनाअन्तर्गत दुध तथा दुग्ध जन्य पदार्थको विविधिकरण गर्दै जाने भएको छ । मिल्क होलिडे समस्या न्यूनीकरणका लागि विराटननगरस्थित पाउडर प्लान्टको क्षमता विस्तार गर्ने, बुटवलमा युएचटी प्लान्ट स्थापनाका साथैै नेपालगंज र अत्तरियामा प्रसोधन कारखानको क्षमता विस्तार गर्ने, खुमलटारमा दही उत्पादन कारखाना स्थापना गर्ने, भुस तथा दाउरा व्वाइलर प्लान्ट सञ्चालनमा ल्याइ डिजेल खपत घटाउने लगायत रहेका छन् । संस्थानले हाल ग्रामीण क्षेत्रबाट दैनिक साढे दुइ लाख लिटर दुध संकलन गरी शहरी क्षेत्रमा दैनिकरुपमा १ लाख ८० हजार लिटर प्रसोधित दुध विक्री वितरण गर्दै आएको छ ।

easy care

प्रकाशित: ३१ असार २०७३, शुक्रबार

ताजा समाचार