सोनी मोबाइलको चीन, भारतलगायतका मुलुकमा व्यापार घाटा, अन्य बजारमा ध्यान दिने

Technology Khabar ३१ असार २०७३, शुक्रबार

सोनी मोबाइलको चीन, भारतलगायतका मुलुकमा व्यापार घाटा, अन्य बजारमा ध्यान दिने

काठमाडौं ।

काठमाडौं, ३१ असार । सोनीले केहि देशहरुबाट मोबाइल फोनको व्यापार बन्द गर्ने संकेत गरेको छ । कम्पनीले विभिन्न देशहरुमा सोनी मोबाइलको (SONY mobile) व्यापार घटिरहेको हुँदा उक्त देशहरुमा कम ध्यान दिँदै बढिरहेको बजारमा लगानी बढाउने भएको छ ।

सोनी मोबाइलले हालै भारतमा आयोजना गरेको इन्भेन्टर मिटिंगमा उक्त जानकारी दिएको हो । इभेन्टर मिटिंगकाअनुसार कम्पनीले चीन, भारत, ब्राजिल र अमेरिकामा अपेक्षा भन्दा निकै कम कार्यदक्षता प्रदर्शन गरेको उल्लेख छ । यी देशहरुमा सोनीको स्मार्टफोन व्यापार केवल ०.३ प्रतिशत मात्र वृद्धि भएको छ । कम्पनीले अब यी देशहरुमा आफ्ना उत्पादनहरुको बारेमा कम ध्यान दिने योजना बनाईरहेको छ ।sony_slide_xperia_blog

कम्पनीले उक्त इन्भेन्टर मिटमा प्रस्तुत गरेको प्रिजेन्टेशनअनुसार कम्पनीले अब ती क्षेत्रहरुमा विशेष योजनाका साथ काम गर्नेछ जहाँ कम्पनीलाई अधिक एनुअल ग्रोथ रेट (CAGR) प्राप्त भईरहेको छ । यसको अर्थ हो चीन, भारत र अमेरिकाजस्ता बजारमा सोनी मोबाइलले बिस्तारै बन्द गर्न सक्नेछ ।

कम्पनीले ल्याटिन अमेरिकी देश र अन्य केहि खास एशियाली मुलुकहरुमा ध्यान केन्द्रित गर्नेछ, जहाँ सोनी मोबाइलको व्यापार राम्रो रहेको छ । सार्वजनिक भएको प्रस्तुतीअनुसार कम्पनीले अब जापानसहित पूर्वी एशिया, यूरोप र मध्यपूर्वमा पनि ध्यान केन्द्रित गर्नेछ, जहाँ कम्पनीलाई निरन्तर नाफा भईरहेको छ ।

उता चीन, भारत, ब्राजिल र अमेरिकामा भने कम्पनीले सन् २०१४ देखि २०१६ सम्म करिब ४० बिलियन जापानी येन घाटा बेहोरेको उल्लेख गरिएकोछ ।

माध्यम

easy care

प्रकाशित: ३१ असार २०७३, शुक्रबार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार