Technology Khabar २९ असार २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, २९ असार । अहिलेको सबैभन्दा चर्चित मोबाइल गेम कुन हो भनेर सोध्नुभयो भने सजिलै उत्तर आउँछ – पोकेमन गो (Pokémon Go)। पोकेमन गो मोबाइल गेम सार्वजनिक भएको केहि दिन भित्र नै करोडौं मानिसहरुले यसलाई मोबाइलमा डाउनलोड गरिसकेका छन् ।
पोकेमन गो मोबाइल गेम हाल सिमित देशहरुमा मात्र आधिकारिकरुपमा डाउनलोड गरेर खेल्न सकिने सुविधा दिएको छ । यो गेम यूएसए लगायत केहि देशहरुमा मात्र सार्वजनिक भएको छ । भर्खर मात्र जर्मनलगायत यूरोपेली मुलुकहरुमा सार्वजनिक भएको छ भने एशियाली देशहरुमा यो गेम उपलब्ध छैन् ।
यो गेम आफ्नो देशमा उपलब्ध नभएपनि प्रयोगकर्ताहरुले विभिन्न अन्य साइटबाट यसको अनधिकृत भर्सन (unauthorized version) डाउनलोड गरिरहेका छन् । नेपालमा पनि पछिल्ला दिनहरुमा यो गेमका पारखीहरु बढिरहेका छन् जबकी यो गेम नेपालमा उपलब्ध छैन् । तर पनि यो गेम अनधिकृत भर्सन डाउनलोड गरेर खेलिँदै आएको छ ।
उता आधिकारिकरुपमा सार्वजनिक भएका मुलुकहरुमा पनि यसको माग अधिक भएको हुँदा पोकेमन गो बनाउने कम्पनीको साइट क्रयास भएको समाचार नै आयो । यहि समयमा पोकेमन गो गेमले अधिकांश स्मार्टफोनहरु खतरामा रहेको सार्वजनिक भएको छ ।
निकै लोकप्रिय गेम पोकेमन गोको भाइरस संक्रमित एप अर्थात खराब भर्सनले (malicious version) एन्ड्रोयड ह्याण्डसेटहरु खतरामा रहेका छन् ।
सुरक्षा अनुसन्धानकर्मीहरुले एन्ड्रोयड स्मार्टफोनमा मालिसियस भर्सनको पोकेमन गो गेम पत्ता लगाएका छन् । यसले अनधिकृत भर्सनको एप इन्स्टल गरेर प्रयोगकर्ताहरुले आफैंलाई जोखिममा राखेको उल्लेख गरेका छन् ।
अनधिकृत भर्सनको पोकेमन गो एप इन्स्टल गरेर प्रयोगकर्ताहरु आफैं जोखिममा
अर्कोतर्फ अमेरिकामा प्रहरीले यो गेमले हरियारसहितको डकैतीमा प्रयोग हुनसक्ने बताएको छ । जबकि यो गेम खेलेको समयमा कयौं मानिसहरु घाईते भएका छन् ।
तेस्रो पक्षिय एप्स
पोकेमन गो गेमले न्यूजिल्याण्ड, अस्टे्रलिया र अमेरिकामा गत साता मात्र सार्वजकि भएको यो एपले धेरैलाई आकर्षित गरिरहेको छ । तर अन्य मुलुकहरुमा भने यो गेम आधिकारिकरुपमा सार्वजनिक भएको छैन् । यो गेम सार्वजनिक नभएपनि प्रयोगकर्ताहरुले विभिन्न साइटहरुबाट अनधिकृतरुपमा इन्स्टल गरिरहेका छन् ।
यो गेम सार्वजनिक गर्ने कम्पनी नियान्टिकले यूरोपका केहि देशहरुमा उपलब्ध हुने मिती सार्वजनिक गरेपनि अन्य मुलुकहरुमा अहिले नै आउने छैन् । गेमका कारण यसको सर्भरमा गेमका कारण निकै लोड बढेको छ । कम्पनीले यो गेम आईओएस र एन्ड्रोयड दुबै प्लेटफर्ममा सार्वजनिक गरेको थियो ।
सुरक्षा फार्म प्रुफपोइन्टले (Profpoint) गेमको एपीके भर्सन अथवा एन्ड्रोयड इन्स्टलर फाइल संक्रमित भेटिएको छ, यसमा रिमोट एक्सेस टूल जसलाई ड्रोइड ज्याक (DroidJack) वा सान्ड्रोर्याट(Sandrat) जस्तो भाइरस रहेका छन् जसले यो डाउनलोड गरेपछि उक्त डिभाइसमा सिधै पहुँच पुर्याउँछन र नियन्त्रण गर्दछन् ।
खराब एपीके (malicious APK)
यो गेम जूलाई ४ तारिखमा न्यूजिल्याण्ड र अस्ट्रेलियामा सार्वजनिक गरिएको केहि दिनमा नै एपीके अपलोड गरिएको थियो जून संक्रमित रहेको थियो । तर प्रुफपोइन्टले हालसम्म कुनैपनि प्रयोगकर्ताको डिभाइसमा समस्या भेटिएको नपाएको उल्लेख गरेको छ ।
यो संक्रमित गेम डाउनलोड गर्ने प्रयोगकर्ताको मोबाइलमा हुने मालिसियस एप्लिकसनले ह्याकरहरुको नेटवर्कसम्म पुर्याउने र समस्यामा पार्न सक्ने बताईएको छ ।
प्रयोगकर्ताहरुले पोकेमन गो थर्डपार्टिबाट डाउनलोड गरेको वा संक्रमित भर्सन इन्स्टल गरेका छन भने त्यसको बारेमा जाँच्न सकिने छ । यसको लागि प्रयोगकर्ताले एसएचए२५६ ह्यास (SHA256#) प्रयोग गरेर यसको अनुमतिको बारेमा थाहा पाउन सक्नेछन् ।
यस्ता लोकप्रिय एपको गलत साइटबाट डाउनलोड गर्दा ह्याकर तथा साइबर अपराधिहरुले मोबाइलको जानकारीहरु लिन सक्ने र दूरुपयोग गर्न सक्ने बारेमा सूरक्षा अनुसन्धानकर्ताहरुले सर्तक गराएका छन् ।
अर्कोतर्फ पोकेमन गो गेम खेलेर विभिन्न प्रयोगकर्ताहरु घाईते भएको बताईएको छ । अमेरिकाको न्यूयोर्कमा २१ वर्षिय कम्यूनिकेसन ग्राजुएट तथा अर्का २२ वर्षिय स्वतन्त्र वेब डिजाइन घाइते भएका थिए ।
पोकेमन गो नियान्टिक कम्पनीले विकास गरेको हो । यसमा लोकेसन बेस्ड इलिमेन्टहरु प्रयोग गरिएको छ ।
प्रकाशित: २९ असार २०७३, बुधबार