डि-लिंकका डिभाइसमा सुरक्षा खतरा, तपाईको डिभाइस पनि पर्यो कि

Technology Khabar २७ असार २०७३, सोमबार

डि-लिंकका डिभाइसमा सुरक्षा खतरा, तपाईको डिभाइस पनि पर्यो कि
तस्विरः गूगलबाट

काठमाडौं ।

काठमाडौं, २७ असार । सुरक्षा अनुसन्धानकर्ताहरुले डि-लिंकका (D-Link) डिभाइसहरुमा गंभिर किसिमको समस्याहरु रहेको चेतावनी दिएका छन् । सेनरियोका सुरक्षा अनुसन्धानकर्ताहरुले गंभिर किसमका निरन्तर असर हुने किसिमको खतराहरु डि-लिंकका राउटर (router) तथा वेबक्याम (webcam) सहितका अन्य डिभाइसमा रहेको खुलासा गरेका छन् ।

अनुसन्धानकर्ताहरुले गत महिना यस्तो दोषको खुलासा गरेका हुन्, तर उनीहरुले ताइवानी कम्पनीलाई यो दोषपूर्ण समस्या समाधान गर्न प्याच जारी गर्न सक्ने र तो समस्यालाई समाधान गर्न चेतावनी दिएका छन्, जसले रिमोट कोड कार्यान्वयन गर्न अनुमति दिन्छ ।

सेनरियो (Senrio) रिसर्च टिमले डि लिंकको पछिल्लो डिभाइस डि-लिंक डिसिएस ९३०एल (DCS-930L) नेटवर्क क्लाउड क्यामराको फार्मवेयरमा रिमोट कोड एज्क्यूसनको खतरा रहेको पत्ता लगाएका थिए । यो एउटा वाईफाईसहितको क्यामरा हो, जसले प्रयोगकर्तालाई स्मार्टफोनको एपद्धारा नियन्त्रण गर्न अनुमति प्रदान गर्दछ । त्यसैले रिमोट बेबी अथवा पेट मनिटरको रुपमा कार्य गर्दछ ।

गत महिना अनुसन्धानकर्ताहरुले चेतावनी दिँदै भने,’यो सेवामा भएको गंभिर त्रुटिको परिणाम हो जसले रिमोट कमाण्डलाई प्रकृयागत गर्दछ ।’

यो बगले एउटा मोडलमा मात्र असर गरेको भन्ने छैन् यसले यहि उप प्रणालीमा प्रचलित अन्य उत्पादनहरुमा पनि असर गरेको अनुसन्धानकर्ताहले सोहि समय भनेका थिए ।

अनुसन्धानकर्ताहरुको समूहले डि-लिंकको उत्पादन श्रेणीमा रहेको पाँच क्यामराहरु खतराको अवस्थामा रहेको सुनिश्चित गरेका छन् ।

तर एक महिनापछि पनि डि-लिंक अझै दोषबाट बाहिर नै रहेको छ । र यो जोखिमले कम्पनीका १२० डिभाइस मोडलहरुलाई हालसम्म असर पुर्याईसकेको छ । यसमा क्यामराहरु, राउटरहरु, एक्सेस पोइन्टहरु, मोडेम तथा स्टोरेज डिभाइसहरु रहेका छन् ।

शोडान सर्च इन्जिनको प्रयोग गरेर सेनरियो (Senrio) अनुसन्धानकर्ताहरुले डि-लिंकका ४ लाख १४ हजार ९ सय ४९ डिभाइसहरुले वेव इन्टरफेस इन्टरनेटमा खुलासा गरेका थिए ।

डि-लिंकका उत्पादनहरुमा यस्तो गभिंर किसिमको जोखिम आएको यो पहिलो पटक होईन् यसअघि पनि यस्तो पत्ता लागेको थियो । सन २०१३ मा डि-लिंकका आईपी क्यामराहरुको श्रेणीमा यस्तो समस्या आएको थियो जसले एप्पल लगायत अन्य धेरै कम्पनीहरुलाई असर पारेको थियो ।

माध्यम

easy care

प्रकाशित: २७ असार २०७३, सोमबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार