सिटी एक्सप्रेस मनी ट्रान्सफर १० औँ वर्षमा,अब आफ्नै भवनमा

Technology Khabar २७ असार २०७३, सोमबार

सिटी एक्सप्रेस मनी ट्रान्सफर १० औँ वर्षमा,अब आफ्नै भवनमा

काठमाडौं ।

काठमाडौँ, २७ असार । रेमिट्यान्स कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसौँ वार्षिकोत्सव मनाएको छ । १० औँ वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको कमलादीस्थित नवनिर्मित भवन सिटी एक्सप्रेस कम्प्लेक्स को नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरे ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गैरकानुनी तवरले हुण्डीका मार्फत् नेपालमा भित्रिने क्रमलाई तोड्न नेपाल सरकारलाई मद्दत गर्नुमा सिटी एक्सप्रेसजस्ता कम्पनिहरूको महत्वपूर्ण हात रहेको बताए ।

कम्पनीका प्रवन्ध निर्देशक चन्द्र टण्डनले नयाँ भवनबाट आफ्नो सेवालाई झन् प्रभावशाली बनाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी नराख्ने बताए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १० वर्षदेखि विदेशमा रहेका नेपालीहरूलाई नेपालमा प्रभावकारी रूपले रकम पठाउन सजिलो, सुरक्षित, तथा छरितो सेवा प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: २७ असार २०७३, सोमबार