अर्घाखाँची सिमेन्टद्धारा खाँचीकोटमा वृक्षारोपण

Technology Khabar २७ असार २०७३, सोमबार

अर्घाखाँची सिमेन्टद्धारा खाँचीकोटमा वृक्षारोपण
Classic Tech
Nepal Telecom

काठमाडौं, २७ असार । अर्घाखाँची सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालै अर्घाखाँची जिल्लाको खाँचीकोट गा.वि.स.मा वृक्षारोपण गरेको छ । कम्पनीले वातावरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई २ हेक्टर भन्दा बढि जग्गामा १ हजार विरुवा रोपेको छ । कम्पनीले व्यवसाय, उद्योगलाई समाजसँग एक आपसमा जोड्न विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको जनाएको  छ ।

उक्त वृक्षारोपण कम्पनीका महाप्रबन्धक महेन्द्र रावलको नेतृत्वमा सम्पन्न भएको थियो । वृक्षारोपण कार्यक्रममा बोल्दै महाप्रबन्धक महेन्द्र रावलले स्थानियस्तरमा वातावरण संरक्षणको अभियानलाई सहयोग गर्न वृक्षारोपण गरिएको बताए ।

अर्घाखाँची सिमेन्टले उच्चस्तरिय जर्मनी प्रविधि, अटो रोटो प्याकेजिङ्ग सिस्टम, सहि तौल र गुणस्तरका साथमा आफ्नै चुनढुङ्गा खानीबाट प्राप्त कच्चा पदार्थबाट अर्घाखाँची ओ.पी.सि. सिमेन्ट उत्पादन गर्ने जनाएको छ । यसले नेपालमा उच्चस्तरिय क्लिंकर उत्पादन गर्नेजानकारी दिएको छ ।

TK Viber

प्रकाशित: २७ असार २०७३, सोमबार

Loading...