पेप्सीको स्मार्टफोन ‘पी वान एस’ किन्न सकिने, पेय पदार्थ उत्पादन गर्ने पेप्सीको पहिलो स्मार्टफोन

Technology Khabar २४ असार २०७३, शुक्रबार

पेप्सीको स्मार्टफोन ‘पी वान एस’ किन्न सकिने, पेय पदार्थ उत्पादन गर्ने पेप्सीको पहिलो स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, २४ असार । पेय पदार्थ उत्पादन गर्ने कम्पनी पेप्सीको पहिलो स्मार्टफोन अनलाईनमा खरिदका लागी उपलब्ध भएको छ । विगत निकै समयअघिदेखि पेप्सीले स्मार्टफोन उत्पादनको क्षेत्रमा लगानी गरेको भन्दै चर्चा भएको थियो । त्यसबेला नै पेप्सीले पी वान एस (Pepsi P1S) स्मार्टफोन ल्याउन लागेको बताईएको थियो ।

पेप्सीले पहिलो पटक उत्पादन गरेको पेप्सी पी वान एस स्मार्टफोन हालै बेलायतकाे लण्डनमा भएको अनलाइन स्टोर ब्यांगगुडडटकम (www.banggood.com) मा लिस्टेड भएको छ । यो स्मार्टफोन बजेट फोनको रुपमा आएको छ जुन निकै सस्तो मूल्यमा लिस्टेड भएको छ ।

पेप्सी पी वान एस स्मार्टफोनको मूल्य ७०८ यूआन अर्थात १०६ अमेरिकी डलर बराबर तोकिएको छ । तर अनलाइन स्टोरले यसको मूल्य विशेष प्रबद्र्धनात्मक बिक्रीका लागि ६६८ यूआन अर्थात करिब १ सय अमेरिकी डलर तोकेको छ । विशेष मूल्यमा यो स्मार्टफोन यहि जूलाई ७ देखि १६ तारिखसम्म किन्न सकिनेछ । यो मूल्यमा करिब एक सयवटा यूनिट मात्र बिक्री गरिनेछ ।Pepsi P1S 5.5 Inch 2.5D 2GB RAM 16GB ROM MT6592 Octa-Core Smartphone Sale - Banggood.com 2016-07-08 23-07-05

पेप्सी पी वान एस

पेप्सीको यो स्मार्टफोनमा ५.५ इन्चको २.५ डी कब्र्ड ग्लास भएको फूलएचडी डिस्प्ले राखिएको छ । यसमा १.७ गीगाहर्जको मिडिया टेकको एमटि ६५९२ अक्टा कोर प्रोसेसर राखिएको छ । यो फोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई ६४जीबीसम्म बढाउन सकिन्छ ।

पेप्सी पी वान एस स्मार्टफोन पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सरसहित उपलब्ध छ । यसमा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोरजी एलटिई सपोर्ट गर्ने यो फोनमा कनेक्टिभिटीका लागि वाईफाई, थ्रीजी, ब्लूटूथ, यूएसबी ओटिजी, जीपीएसलगायतका फीचर छन् ।
यो स्मार्टफोनमा ३,००० एमएएचको नन रिमूभेवल ब्याट्री राखिएको छ भने यसको मोटाई ७.७ मिलिमिटर तथा तौल १५८ ग्राम रहेको छ ।

स्रोत माध्यम

easy care

प्रकाशित: २४ असार २०७३, शुक्रबार

ताजा समाचार