सामसंगद्धारा विश्वको पहिलो यूएफएस मेमोरी कार्ड सार्वजनिक, द्रूत गतिमा डाटा ट्रान्सफर

Technology Khabar २३ असार २०७३, बिहीबार

सामसंगद्धारा विश्वको पहिलो यूएफएस मेमोरी कार्ड सार्वजनिक, द्रूत गतिमा डाटा ट्रान्सफर

काठमाडौं, असार २३ । सामसंग इलेक्ट्रोनिक्सले विश्व बजारमा पहिलो पटक रिमूभेवल मेमोरी कार्ड सार्वजनिक गरेको छ । एडभान्स मेमोरी टेक्नोलोजीमा अग्रणी कम्पनी सामसंग इलेक्ट्रोनिक्सले जेईडिईसी (JEDEC) यूनिर्भसल फ्ल्याश स्टोरज (UFS) १.० कार्ड एक्सटेन्सन स्ट्याडण्र्डमा आधारित रिमूभेवल मेमोरी कार्डहरु ल्याएको हो ।

कम्पनीले सार्वजनिक गरेको रिमूभेवल मेमोरी कार्डहरु विशेष गरि हाई रिजोल्यूशन मोबाइल शुटिंग डिभाइसमा प्रयोग गर्ने गरिन्छ । यो डिएसएलआरहरु, थ्रीडी भीआर क्यामराहरु, एक्सन क्याम तथा ड्रोनहरुमा प्रयोग गर्न सकिन्छ । यो मेमोरी कार्ड ३२ जीबी, ६४ जीबी, १२८ जीबी र २५६ जीबीको श्रेणीमा उपलब्ध हुनेछ ।

सार्वजनिक गरिएका यूएफएस कार्डहरुले एक्टर्नल मेमोरी स्टोरेज बजारमा सकारात्मक कार्यदक्षता बढाउने अपेक्षा गरिएको छ ।

सामसंगको नयाँ २५६ जीबीको यूएफएस रिमूभेवल मेमोरी कार्डले यूजर्सलाई नयाँ अनुभव दिनेछ, विशेषगरि थ्रीडी गेमिंग र हाई रिजोल्यूशन मूभी प्ले-ब्याकमा उपयोग हुनेछ । यो कार्डले परम्परागत माइक्रो एसडी कार्डको (microSD) तुलनामा ५ गुणा द्रूत गतिमा डाटा रिड गर्न सक्ने क्षमता राख्दछ, जसले ५३० एमबी प्रति सेकेण्डमा डाटा रिड गर्दछ । नयाँ कार्डको सहयोगमा प्रयोगकर्ताले ५ जीबीको फूल एचडी मुभि करिब १० सेकेण्डमा रिड गर्न सक्दछ, जुन सामान्य माईक्रो एसडी कार्डको तुलनामा उच्च हो ।Samsung UFS card

त्यस्तै २५६ जीबीको यूएफएस कार्डले राईटिंगको मामलामा सामान्य माइक्रो एसडी कार्डको तुलनामा ३५० गुणा छिटो डाटा राईट गर्दछ ।

सामसंगले सार्वजनिक गरेको यूएफएस कार्ड हेर्दा माइक्रोएसडी कार्ड जस्तै देखिएपनि यसका भएका फिन्सहरु पूर्णरुपमा फरक आकारमा रहेका छन् । यसमा भएका कनेक्टरहरु पनि पूर्णरुपमा फरक स्थानमा रहेका छन् । सबैभन्दा महत्वपूर्ण विषय भनेको हालसम्म यूएफएस मेमोरि कार्ड सपोर्ट गर्ने कुनै डिभाइस हालसम्म बजारमा उपलब्ध छैनन् भने हाल माइक्रोएसडी कार्ड सपोर्ट गर्ने डिभाइसमा यो प्रविधि प्रयोग छैन् ।

हाल यूएफएस कार्ड प्रयोगयुक्त डिभाइस बजारमा नभएपनि आगामी वर्षहरुमा अन्य कम्पनी र ब्राण्डले यहि गुणस्तर अपनाएसँगै आउने अनुमान गर्न सकिन्छ ।

स्रोत माध्यम १ माध्यम २

TK Viber

प्रकाशित: २३ असार २०७३, बिहीबार

Loading...