Technology Khabar २२ असार २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, २२ असार । एप्पलले कयौं वर्षहरुदेखि १६ जीबी स्टोरेज भएको आईफोनहरु बिक्री गर्दै आएको छ । एप्पलले ल्याएका हरेक आईफोन मोडलहरुमा विभिन्न स्टोरेज क्षमता भएपनि त्यसमा थप गर्न सकिने स्टोरेजको लागि कुनै सुविधा हुँदैन् । जसले गर्दा आईफोनमा भएका स्टोरेजलाई बढाउन सकिँदैन् । तर उपभोक्ताहरुले बाध्य भएर ६४ जीबी स्टोरेज अप्सन भएको आईफोन थप मूल्य चुकाएर खरिद गरिरहेका छन् । आईफोन ५ (iPhone 5) मा हो भने यो अप्सन ३२ जीबी स्टोरेजमा रहेको थियो ।
हाल एप्पलले आईफोन सेभेन (iPhone 7) बजारमा ल्याउने तयारी गरिरहेको बेलामा आईफोन स्टोरेज बढ्ने जानकारीहरु आईरहेका छन् । एप्पलले आईफोनको नयाँ भर्सनहरुमा स्टोरेज क्षमता बढाएर ३२ जीबी पुर्याउने स्पष्ट समाचारहरु आएका छन् । आईफोन सेभेन मोडलहरुदेखि नै नयाँ स्टोरेज अप्सन प्रयोगमा आउने भएको हो ।
एप्पलको आईफोन योजनासँग सम्बन्धित व्यक्तिका अनुसार एप्पल आईफोन सेभेन ३२ जीबी इन्टरनल स्टोरेजसहित आउने भएको हो । उक्त व्यक्तिले नयाँ आईफोनको ठूलो भर्सन आईफोन सेभेन प्लसमा (iPhone 7 Plus) ५.५ इन्चको डिस्प्ले हुने तथा ड्यूल सेन्सर क्यामरा हुने जानकारी दिएको छ । ड्यूल सेन्सर रियर क्यामरा डेप्थ अफ फिल्ड थाहा पाउन र फोटो गुणस्तर बढाउन प्रयोग हुने बताईएको छ । उता ४.७ इन्चको डिस्प्लेसहित आउने आईफोन सेभेनमा भने त्यस्तै किसिमको ड्यूल लेन्स सेटअप नहुने बताईएको छ, जसमा सुधार गरिएको क्यामरा सेन्सर हुनेछ ।
त्यसैगरी ४.७ इन्चको मोडल र ५.५ इन्चको प्लस मोडलबिच इन्टरनल स्टोरेजको पनि फरक हुनेछ । स्ट्याण्डर्ड मोडल अर्थात ४.७ इन्चको आईफोन सेभेनमा ३२ जीबी, ६४ जीबी र २५६ जीबीको स्टोरेज हुनेछ भने प्लस मोडलमा ३२ जीबी, १२८ जीबी र २५६ जीबीको स्टोरेज अप्सन हुने बताईएको छ ।
यहि रिपोर्टअनुसार आईफोन सेभेनमा हेडफोन ज्याक नहुने बताईएको छ । तर यसअघिका विभिन्न दाबीहरुले भेन हेडफोन ज्याक नहट्ने बताएका थिए । यो विषयमा अझैपनि विवाद रहेको देखिन्छ ।
अर्कोतर्फ केहि हल्लाहरुले भने आईफोनको मूल्य बढ्ने संकेत गरेका छन् । यसको लागि बढाईन लागिएको इन्टरनल स्टोरेज अप्सनलाई देखाईएको छ । नयाँ आईफोनमा फोर्स टच होम बटन (Force Touch Home Button) हुने तथा स्पेस ब्ल्याक कलर (Space Black color) अप्सनमा पनि हुने बताईएको छ ।
यहि सेप्टेम्बरमा आउने अपेक्षा गरिएको आईफोनको आगामी दिनमा के जानकारीहरु आउने हुन त्यसका लागि भने कुर्नु नै पर्ने हुन्छ ।
प्रकाशित: २२ असार २०७३, बुधबार