पिनाकल ब्राण्डका स्टोरहरु सिभिल मल सुन्धारामा

Technology Khabar २२ असार २०७३, बुधबार

पिनाकल ब्राण्डका स्टोरहरु सिभिल मल सुन्धारामा

काठमाडौं, २२ असार । पिनाकल ब्राण्डले सुन्धारास्थित सिभिल मलमा ख्याति प्राप्त अन्तर्राष्ट्रिय फ्रान्चाईज स्टोरहरु सञ्चालनमा ल्याएको छ ।

पहिलो स्टोर आम्रपाली ज्वेल्समा चाँदी र सुनका जलप लगाइएका गहनाहरु उपलब्ध हुनेछन् । हलिउड र बलिउडका कलाकारहरु माझ लोकप्रिय रहेको आम्रपाली ब्राण्डका गहनाहरु आकर्षक डिजाइन र विश्वस्तरीय कालिगढीका लागि प्रख्यात रहेका छन् । भारत, अमेरिका, बेलायत र जापानमा समेत आम्रपालीका स्टोर रहेका जानकारी दिएको छ ।

यसैगरी प्लानेट फेशन नामको स्टोरबाट पिनाकलले लुइ फिलिप, एलेन सली र भ्यान ह्युजिन जस्ता विश्व प्रसिद्घ ब्राण्डका पुरुष पहिरनहरुको बिक्री गर्नेछ । भारतमा समेत २४० भन्दा बढी स्टोर रहेको प्लानेट फेशनमा विश्व स्तरका औपचारिक र अनौपचारिक दुवै प्रकारका पहिरन उपलब्ध छन् । पिनाकलले श्रावण ५ गतेसम्म आफ्ना स्टोरहरुमा खरीद गर्ने ग्राहकहरुलाई १०% सम्म प्रवद्र्घन छूट प्रदान गर्ने पनि जनाएको छ ।

प्रकाशित: २२ असार २०७३, बुधबार

Comments are closed.

Loading...