एसएलसीमा डी प्लस ल्याउनेले प्राविधिक शिक्षा पढ्न पाएनन्

Technology Khabar २२ असार २०७३, बुधबार

एसएलसीमा डी प्लस ल्याउनेले प्राविधिक शिक्षा पढ्न पाएनन्

काठमाडौं ।

काठमाडौं, २२ असार । धादिङ जिल्लाको नौविसे स्थायी घर भएका रविन्द्र रेग्मीको एसएलसीमा डि ग्रेड आयो । सरकारले विभिन्न आमसञ्चारमाध्यममा डि ग्रेड ल्याउनेले पनि उच्च शिक्षा पढ्न पाउने भन्ने सुनेर उनी काठमाडौंको एउटा प्राविधिक विषय पढाउने क्याम्पसमा बुझ्नको लागि भनेर गए । त्यहाँ पुग्दा न त उनलाई क्याम्पस प्रशासनले पढ्न पाउछस् भनेर भर्ना लियो न त पाउँदैनस् भनेर अस्वीकार नै गरिदियो । सिटिईभिटिईको निर्देशन आएपछि खबर गर्ने भनेर पठाएपछि उनी अहिले दोधारमा बसीरहेका छन् । यो त एक उदाहरण मात्र हो । तर यस्ता विषयहरु अझै स्पष्ट नहुँदा समस्या हल हुन सकेका छैनन् ।

सरकारले प्राविधिक विषयमा डि ग्रेड आएकाले पनि पढ्न पाउने भनेर भनेपनि यस विषयमा स्पष्ट व्यवस्था के हो भन्ने थाहा नहुँदा एकातर्फ प्राविधिक विषय पढाउने क्याम्पसहरू नै अन्यौलता बोकेर बसिरहेका छन् भने अर्को तर्फ सबैभन्दा बढी समस्या यसले विद्यार्थीहरूमा पारिरहेको छ । केही समय अगाडि डि ग्रेड आउने विद्यार्थीले पनि प्राविधिक विषय पढ्न पाउने भनेर सबैमा खुशीको खबर सुनाएका थिए । तर, यस विषयमा मन्त्रालय आफैं स्पष्ट भने छैन ।

तर सिटिईभिटीले भने आफूहरूले यस विषयमा स्पष्ट प्रावधान राखेकोले कोही पनि विद्यार्थी झुक्किनु पर्ने स्थिती नै नरहेको दाबी गर्छ । सिटिईभिटीले गणित, अङ्ग्रेजी र विज्ञान विषयमा कम्तिमा सी ग्रड ल्याएर २ अंक भन्दा माथि ल्याउने विद्यार्थीले मात्रै प्राविधिक विषय पढ्न पाउने प्रावधान स्पष्ट रहेको जानकारी दिएको छ । असार ७ गते गोरखापत्रमा सूचना जारी गरेर नै यो विषयमा सम्पूर्ण क्याम्पसहरूलाई निर्देशन दिईसकेकोले अब कुनै लिखित निर्देशनको आवश्यकता नरहेको सिटिईभिटीको भनाई छ ।

तर, क्याम्पसहरू भने लिखित निर्देशन नआएकोकारण के गर्ने भन्नेमा आफूहरू अन्योलमा रहेको बताउने गर्छन् । प्राविधिक विषय पढ्न पाउने भन्ने र नपाउने भन्ने हल्लाका बीचमा विद्यार्थीलाई कस्तो जवाफ दिएर फर्काउने भन्नेमा नै समस्या भएको उनिहरुको गुनासो छ ।

Global Bank
easy care

प्रकाशित: २२ असार २०७३, बुधबार

ताजा समाचार