सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी वाइड, ग्यालेक्सी अन सेभेन जस्तै विशेषताहरु

Technology Khabar २१ असार २०७३, मंगलवार

सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी वाइड, ग्यालेक्सी अन सेभेन जस्तै विशेषताहरु

काठमाडौं ।

काठमाडौं, २१ असार । सामसंगले ग्यालेक्सी ब्राण्डमा नयाँ स्मार्टफोन आज सार्वजनिक गरेको छ । कम्पनीले कोरियाली बजारमा ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी वाइड (Galaxy Wide)सार्वजनिक गरेको हो ।

ग्यालेक्सी वाइड स्मार्टफोन एसके टेलिकमसँगको सहकार्यमा यो फोन आउने बताईएको छ । यो स्मार्टफोनको मोडल नम्बर एसएम-जी६००एस (SM-G600S) रहेको छ भने यो स्मार्टफोन हेर्दा ग्यालेक्सी अन सेभेन (Galaxy On7) जस्तै रहेको र यसका जानकारीहरु पनि उस्तै किसिमका रहेका छन् । तर यसको पछाडि एस अल्फाबेट थपिएको छ ।

यसको अर्थ यो स्मार्टफोन रिब्राण्ड गरिएको अनुमान गरिएको छ ।

ग्यालेक्सी वाइडमा ५.५ इन्चको टिएफटी डिस्प्ले राखिएको छ भने यसमा १.२ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रयागन ४१० सीपीयू राखिएको छ । यसमा २ जीबी र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, जसलाई बढाउन सकिन्छ ।

यसमा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग सूटर रहेको छ, त्यस्तै ३,००० एमएएचको ब्याट्री रहेको छ । यो स्मार्टफोन मार्शमाल्लो अपरेटिंग सिस्टममा आधारित रहेको छ भने सामसुंगको टचवीज यूआई रहेको छ ।

ग्यालेक्सी वाइडको मूल्य कोरियाली बजारमा ३,१९०० कोरियन वन अर्थात २७६ अमेरिकी डलर पर्नेछ ।

माध्यम

easy care

प्रकाशित: २१ असार २०७३, मंगलवार