वानप्लस थ्री नेपालमा, केमू नेपालमा प्रिबुकिंग खुला हुँदै, करिब ५० हजार रुपैंया मूल्य

Technology Khabar १९ असार २०७३, आईतवार

वानप्लस थ्री नेपालमा, केमू नेपालमा प्रिबुकिंग खुला हुँदै, करिब ५० हजार रुपैंया मूल्य
वानप्लस थ्री सार्वजनिक गर्दै आईहब प्रालिका निर्देशक लोकेश ओली । तस्वीरः मोबाइल्सखबर

काठमाडौं ।

काठमाडौं, १९ असार । वानप्लसले नयाँ फ्ल्यागशिप वानप्लस थ्री (OnePlus 3) नेपाली बजारका लागि सार्वजनिक गरेको छ । नेपालका लागि वानप्लसको आधिकारिक बितरक आईहबले आज वानप्लस थ्री भित्र्याएको जानकारी दिएको हो ।

OnePlus3_mobileskhabar_3
वानप्लस थ्री सार्वजनिक गर्दै आईहब प्रालिका निर्देशक लोकेश ओली । तस्वीरः मोबाइल्सखबर

कम्पनीले आज ब्लगर्स मिट गर्दै नेपाली बजारमा छिट्टै उपभोक्ताहरुले वानप्लस थ्री किन्न सक्ने जानकारी दिएको हो । आईहब प्रालिका निर्देशक लोकेश ओलीले केहि दिनमा नै नेपाली उपभोक्ताहरुले वानप्लस खरिद गर्न सक्ने बताए । उनले भने, ‘हामीले सबै प्रकृयाहरु पुरा गरिसकेका छौं । केहि दिनमा नै प्रि-बुकिंगका लागि आव्हान गर्नेछौं ।’OnePlus3_mobileskhabar_4

कम्पनीले वानप्लस थ्री आउने बित्तिकै बिक्रीका लागि उपलब्ध गराउने बताएको छ । तर कहिलेसम्म स्मार्टफोन नेपाल आउँछ भन्ने जानकारी भने कम्पनीका निर्देशकले दिएनन् । ‘टाईप अप्रुभलको काम सकिसकेको र छिटै आउनेछ,’ निर्देशक ओलीले भने, ‘हाल केहि टेस्ट सेटहरु नेपालमा आईसकेका छन् ।’OnePlus3_mobileskhabar_1

वानप्लस थ्री स्मार्टफोन नेपाली बजारमा अन लाईनका साथै अफ लाईनमा पनि उपलब्ध हुने बताईएको छ । कम्पनीले शुरुमा अनलाईनमा मात्र जाने र त्यसको सातादिन पछि अफलाईनमा स्टोरहरुबान नेपालभरी उपलब्ध गराउने जानकारी दियो । यसअघि वानप्लस एक्सको बिक्रीका लागि कम्पनीले केमू नेपाल र ओलीज स्टोरबाट अनलाईन बिक्री मात्र गरेको थियो । वानप्लस थ्री अनलाईनमा प्रि बुकिंगका लागि केमूमा मात्रै पाँचदिनसम्म उपलब्ध हुनेछ ।OnePlus3_mobileskhabar_6

नयाँ स्मार्टफोनको मूल्य कति हुन्छ भन्ने बारेमा भने कम्पनी अझै स्पष्ट हुन सकेको छैन् । कम्पनीले यसको मूल्य ५० हजार रुपैंया हाराहारीमा हुने जानकारी दिएको छ,’ कम्पनीका निर्देशक ओलीले भने, ‘अझै मूल्य स्पष्ट भएको छैन्, डलरको उतारचढावका कारण मूल्य कति हुन्छ थाहा छैन् ।’

कम्पनीले वानप्लसका विभिन्न एसेसरिजहरु पनि अमेरिकी मूल्यमा नै बिक्री गरिने जानकारी दिएको छ ।

easy care

प्रकाशित: १९ असार २०७३, आईतवार