सामसंग नोट सेभेनमा आईरिस स्क्यानर हुने, फ्रन्ट प्यानलबाट लोगो हट्ने

Technology Khabar १७ असार २०७३, शुक्रबार

सामसंग नोट सेभेनमा आईरिस स्क्यानर हुने, फ्रन्ट प्यानलबाट लोगो हट्ने

काठमाडौं ।

काठमाडौं, १७ असार । सामसंगको नयाँ आउन लागेको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट सेभेनमा (Galaxy Note 7) आईरिस स्क्यानर रहने स्पष्ट भएको छ । हालै सार्वजनिक भएको नोट सेभेनको फ्रन्ट प्यानेलको तस्विरअनुसार यसमा आईरिस स्क्यानर रहने स्पष्ट भएको हो ।

केहि समयअघिदेखि सामसंग ग्यालेक्सी नोट सेभेनमा आईरिस स्क्यानर हुने वा नहुने चर्चाका बिच लीक भएको नयाँ तस्विरले यसलाई स्पष्ट पारेको हो । ग्याजेटहरुसम्बन्धि जानकारी लिक गर्ने वानलिक्सले सामसंग ग्यालेक्सी नोट सेभेनको फ्रन्ट प्यानेलको दाबी गरिएको तस्विर सार्वजनिक गरेको छ ।

तस्वीरअनुसार सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी नोट सेभेन ड्यूल एज (Dula Edge) भर्सनमा आउने निश्चित भएको छ । यसको दुबैतर्फको डिस्प्ले घुमाउरो रहेको छ जुन हेर्दा ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) जस्तै रहेको छ ।  त्यस्तै नोट सेभेनको डिस्प्ले प्यानेलको साईज ५.८ इन्चको रहेको छ ।

यो नोट सेभेनको माथिल्लो भागमा अतिरिक्त तीनवटा कटआउट अर्थात प्वालहरु बनाईएको छ । जुन आईरिस स्क्यानरकाको सुनिश्चित कार्यका लागि प्रयोग हुनेछ । यी तीनवटा प्वालहरुमा तीनवटा लेन्सहरु आईरिस स्क्यानरका लागि राखिने अनुमान गरिएको छ ।Note7-Front-Panel

त्यसैगरी अर्को महत्वपूर्ण विषय भनेको नोट सेभेनको फ्रन्ट प्यानेलबाट सामसंगको लोगो हट्ने भएको छ । कम्पनीले फ्रन्ट डिस्प्लेलाई सकेसम्म पातलो र घुमाउरो बनाउनका लागि लोगो हटाएको अनुमान गरिएको छ ।

यस अतिरिक्त सामसंग ग्यालेक्सी नोट सेभेनमा ५.८ इन्चको क्यूएचडी सूपर एमोलेड ड्यूल एज डिस्प्ले, ६ जीबीको र्याम हुने बताईएको छ ।

यसमा १२ मेगापिक्सेलको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज जस्तै क्यामरा, एक्सनोजको नयाँ वा स्न्यापड्रयागनको चीपसेट प्रयोग हुनेछ । यहि आउँदो अगस्ट २ तारिखमा सार्वजनिक हुने नोट सेभेनमा ३,६०० वा ४,००० एमएएचको ब्याट्री प्रयोग हुनेछ ।

स्रोत माध्यम

easy care

प्रकाशित: १७ असार २०७३, शुक्रबार