सामसंगका प्रिमियम सेटहरुमा १० प्रतिशत क्यासब्याक अफर भारतमा

Technology Khabar १७ असार २०७३, शुक्रबार

सामसंगका प्रिमियम सेटहरुमा १० प्रतिशत क्यासब्याक अफर भारतमा

काठमाडौं ।

काठमाडौं, १७ असार । सामसंगले ‘स्पेशल एफोर्डेबिलिटी अफर्स’ अन्तरगत बजारमा उच्च तहका स्मार्टफोनको खरिदमा भारतीय बजारमा १० प्रतिशत क्यासब्याक दिन शुरु गरेको छ ।

कम्पनीले ग्यालेक्सी सिरिजका प्रिमियम सेटहरु ग्यालेक्सी एस सेभेन, ग्यालेक्सी एस सेभेन एज, ग्यालेक्सी नोट फाईभको सिंगल सिम तथा ड्यूल सिम संस्करण दुबैमा र ग्यालेक्सी एस सिक्समा १० प्रतिशत क्यासब्याक अफर दिएको हो ।

कुनैपनि खरिदकर्ताले डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत उल्लेखित स्मार्टफोनहरु खरिद गरेमा १० प्रतिशत क्यासब्याक तत्काल पाउने बताईएको छ । तर भारतमा भएका सिटि बैंक र एमेक्स कार्डहरुमा भने यो योजना लागु नहुने बताईएको छ । Samsung-Galaxy-S7-Galaxy-S7-Edge-Galaxy-Note-5-And-Galaxy-S6-Cashback-Discount

यसका साथै सामसंगले तीन महिना, ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दिमा स्मार्टफोन दिने योजना ल्याएको छ । यस अफरअन्तरगत डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले उच्चतहका सामसंग स्मार्टफोन किन्दा कुनै अतिरिक्त खर्च लाग्ने छैन् । त्यस्तै डेबिट कार्ड वा क्रेडिट कार्ड नहुने ग्राहकहरुले बजाज फाइनान्स र क्यापिटल फाइनान्समार्फत १० महिनाका लागि ईएमआईको सुविधा लिन सक्नेछन् ।

सामसंगको यो योजना जुलाई ३१ तारिखसम्म मात्र लागु हुनेछ भने क्यासब्याकको रकम ग्राहकको खातामा सेप्टेम्बरको अन्त्यमा भुक्तानी गरिनेछ ।

स्रोत माध्यम

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १७ असार २०७३, शुक्रबार

ताजा समाचार