सानडिस्कको २५६ जीबीको माईक्रोएसडी कार्ड, फोर के भिडियो रेकर्डका लागि उपयोगी

Technology Khabar १६ असार २०७३, बिहीबार

सानडिस्कको २५६ जीबीको माईक्रोएसडी कार्ड, फोर के भिडियो रेकर्डका लागि उपयोगी

काठमाडौं ।

काठमाडौं, १६ असार । सान डिस्क (SanDisk) कम्पनीले सांघाइमा आयोजना भईरहेको मोबाइल वर्ल्ड कंग्रेसको अवसर पारेर द्रूत क्षमताको मेमोरी कार्ड  सार्वजनिक गरेको छ । कम्पनीले अहिले २५६ जीबी क्षमताको माइक्रो एसडी कार्ड (microSD) सार्वजनिक गरेको हो ।

सान डिस्कले हाल २५६ जीबीको माइक्रोएसडी एक्ससी यूएचएस वान (microSDXC UHS-I) कार्ड तयार पारेको र यो छिटै बजारमा आउने भएको छ । सान डिस्क अल्ट्रा माइक्रो एसडी एक्ससी यूएचएस वान, प्रिमियम एडिसन पनि कम्पनीले ल्याएको छ । कम्पनीले २५६ जीबीको माइक्रोएसडी कार्डहरुलाई अल्ट्रा र एक्ट्रीम भर्सनमा ल्याउने भएको हो । उच्च तहको कार्डलाई भने एक्ट्रीम भनेर तोकिएको छ ।

यसमध्येको सानडिस्क एक्ट्रीम कार्ड यो वर्षको अन्तिम त्रैमासमा उपलब्ध हुनसक्नेछ, जसको मूल्य २०० अमेरिकी डलर रहेको छ । यो कार्ड क्लास थ्रीमा पर्दछ भने यसमा ९० एमबी प्रति सेकेण्डको स्पीडमा लेख्न अर्थात डाटा राख्न सक्दछ । यो विशेषगरी फोर के (4K) भिडियो रेकर्डिंगको समयमा वा आरएडब्लूमा (RAW) सुटिंग गर्दा प्रयोग हुनेछ ।

स्रोत माध्यम १ माध्यम २

प्रकाशित: १६ असार २०७३, बिहीबार