भुकम्प पिडित साना किसानका लागि पुर्नस्थापना कर्जा लगानी

Technology Khabar १५ असार २०७३, बुधबार

भुकम्प पिडित साना किसानका लागि पुर्नस्थापना कर्जा लगानी

काठमाडौं ।

काठमाडौं, १५ असार । भुकम्प पिडित साना किसानहरुको जीविकोपार्जन पुर्नस्थापनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त ऋणमा क्षमता विकासका कार्यक्रमहरु शुरु भएका छन् । साना किसान विकास बैंकलाई प्राप्त भएको साढे ५ लाख ५० हजार अमेरिकी डलर लगानीमा उक्त कार्यक्रम शुरु भएको हो ।

पहिलो चरणमा उक्त ऋणबाट धादिङ्ग, नुवाकोट र रसुवाका साना किसान सहकारी संस्थाहरुमा आवद्ध साना किसानहरु लाभान्वित हुनेछन् । यस बाहेक भुकम्पबाट अति प्रभावित १४ जिल्लामा साना किसानहरुको भुकम्प पिडित पुनरस्थापनाको लागि क्षमता विकासका कार्यहरु गरिने भएको छ । २ हजार ४ सय साना किसानहरुलाई भुकम्प प्रतिरोधी भवन निर्माण एवं विपद जोखिम न्यूनिकरण सीप विकास सम्बन्धी तालिम दिइनेछ । हाल यस कार्यक्रमका लागि साढे एक लाख अमेरिकी डलर लगानी गरिने भएको साना किसान विकास बैंकले जानकारी दिएको छ ।

यो कर्जा रकमबाट अत्यन्त पिडित मध्येका १२ हजार ५०० परिवारलाई प्रति परिवार बढीमा रु. ५० हजारसम्म बार्षिक ५% व्याजमा साना किसान सहकारी संस्था मार्फत कर्जा लगानी हुने बताईएको छ । बुधवार एक कार्यक्रमका बिच ४ हजार ४१८ जना पिडित साना किसान सदस्यहरुलाई जीविकोपार्जन पुरस्थापनाका लागि कर्जा लगानी गर्ने गरी २० वटा साना किसान कृषि सहकारी संस्था लि.का आधिकारिक प्रतिनिधिहरुलाई उन्नाइस करोड एक लाख रुपैंयाको चेक हस्तान्तरण गरी कार्यक्रमको थालनी गरियो ।

गत वर्ष बैशाखको भुकम्पका कारण साना किसान विकास बैंकमा आवद्ध साना किसान कृषि सहकारी संस्था लि.हरुमा संलग्न साना किसान परिवारहरुमध्ये झण्डै एकतिहाई परिवार भुकम्पबाट पिडित भएको बैंकको ठहर छ । साना किसान सदस्य र तीनका परिवार गरी ४ सय ७३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

७९ हजार ३८३ परिबारको घरबास ध्वस्त भएको छ भने १ लाख ४ हजार ७२४ पशुवस्तु नोक्सान भएको छ । सो मध्ये पनि धादिङ्ग, रसुवा र नुवाकोट जिल्लामा मात्रै साना किसान सदस्य परिवारका ३ सय ३१ जनाको मृत्यु भएको र २१५७ जना घाइते भएका छन् । साना किसान सदस्यको ३१ हजार ८०२ घर ध्वस्त हुनुका साथै ७९ हजारभन्दाबढी पशुवस्तु नोक्सान भएको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: १५ असार २०७३, बुधबार

ताजा समाचार