एनसेलको ‘नाईट डेटा प्याक’, ईन्टरनेटको शुल्क १० पैसा प्रति एमबी

Technology Khabar १५ असार २०७३, बुधबार

एनसेलको ‘नाईट डेटा प्याक’, ईन्टरनेटको शुल्क १० पैसा प्रति एमबी

काठमाडौं ।

काठमाडौं, १५ असार । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा कर बाहेक १० पैसा प्रति एमबीसम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डेटा प्याक’ ल्याएको छ ।

असार १५ गते बुधबारदेखि सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक नाईट डेटा प्याक खरिद गरी रातको १० बजे देखि बिहान ६ बजे सम्म अझ सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने बताईएको छ ।

४० एमबी डेटा रहेको दैनिक नाईट डेटा प्याक ग्राहकले रु ८ मा खरिद गर्न सक्छन् । यो प्याकको समयावधि २४ घण्टा रहेको छ । साथै २५० एमबी डेटा भोल्युम भएको सातदिनसम्म मान्य हुने साप्ताहिक नाईट डेटा प्याकको मूल्य रु ४० रहेको छ भने ग्राहकले १००० एमबी डेटा भोल्युम रहेको मासिक नाईट डेटा प्याक मात्र रु १०० मा खरिद गर्न सक्छन् । अर्थात् मासिक नाइट डेटा प्याक खरिद गर्दा ग्राहकले अब मात्र १० पैसा प्रति एमबीमा ईन्टरनेट चलाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले यी नाईट प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् ।

“नाइट डेटा प्याकले रातको समयमा डेटा उपयोग गर्ने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

प्याकको समयावधि रहँदै डेटा भोल्युम उपभोग भएमा ग्राहकले बाँकी अवधिको राति १० बजे देखि बिहान ६ बजे सम्म ५० पैसा प्रति एमबिका दरले डेटा सेवा प्रगोग गर्न सक्नेछन् । योजना १५ दिनसम्म संचालनमा रहने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: १५ असार २०७३, बुधबार

ताजा समाचार