ओबी वर्ल्डफोनको नयाँ योजना, ५ वटा ओबी डिभाइस जित्ने अवसर

Technology Khabar १४ असार २०७३, मंगलवार

ओबी वर्ल्डफोनको नयाँ योजना, ५ वटा ओबी डिभाइस जित्ने अवसर
ओबी वर्ल्डफोनका विभिन्न मोडलहरु डिस्प्लेमा। तस्विरः मोाबाइल्सखबर

काठमाडौं, १४ असार । अमेरिकाको सान फ्रान्सिस्कोमा आधारित रहेको ओबी वर्ल्डफोनले आफ्ना उपभोक्ताहरुलाई ओबी डिभाइस जित्ने मौका दिएको छ । कम्पनीले नेपालमा आफ्ना दुई स्मार्टफोनहरु एसएफ १ (SF1) तथा एसजे १.५ (SJ1.5) सार्वजनिक गरेको उपलक्ष्यमा नयाँ योजना ल्याएको हो ।

कम्पनीले यो योजनामा सहभागीहुन चाहने सहभागीहरुले नजिकैको स्टोरहरुमा गएर दुबै फोनहरुको बारेमा जानकारी लिनुपर्नेछ । स्टोरमा जाने सहभागीहरुले ओबी स्मार्टफोनमा भएका आफूलाई मनपर्ने फीचरहरुको बारेमा उल्लेख गर्नुपर्नेछ । यसमा सहभागीहरुले फीचर भन्ने समयमा प्राप्त गर्ने कार्डसहित फोनको तस्विरमा क्लिक गरेर फोनको फोटो अपलोड गर्नुपर्ने हुन्छ ।

ओबी वर्ल्डफोनको एसएफ वान मोडल । तस्विरः मोाबाइल्सखबर
ओबी वर्ल्डफोनको एसएफ वान मोडल । तस्विरः मोाबाइल्सखबर

स्टोरमा भ्रमण गर्नेले फोनको फीचरहरुको बारेमा तयार पारिएको गोरिल्ला ग्लास ४ फ्लोटिंग डिस्प्ले, डल्बी अडियो, ड्यूल माईक फर न्वाईज क्यान्सिलेसन, फोनको क्यामराहरु, सिम सपोर्ट, ब्याट्री व्याकअपको बारेमा राखिएका ८ मध्ये एउटा कार्ड छनौट गर्न सक्नेछन् ।

यो फोटो सहभागीले फेसबुक, ट्वीटर, इन्टाग्राममा ओबीवल्र्डफोनमा ह्यासट्याग (#Obiworldphone) गरेर अपलोड गर्न सक्नेछन भने यो ब्राण्डको सोशियल एकाउन्टमा ट्याग गर्न सक्नेछन् ।

ओबी वल्र्डफोनले सार्वजनिक गरेको १० दिने प्रतिस्पर्धा जुलाई ३ तारिखमा सकिने छ भने सहभागीहरुमध्येबाट ५ जनाले ओवी वल्र्डफोन निशुल्क प्राप्त गर्न सक्नेछन् ।

एप्पलका पूर्व प्रमुख कार्यकारी जोन स्कलीले स्थापना गरेको ओबी वल्र्डफोनले भर्खरै नेपालमा दुईवटा स्मार्टफोन मोडल एसएफ वान तथा एसजे १.५ सार्वजनिक गरेको थियो । यो ब्राण्डका फोनहरु नेपालमा ज्योती ग्रुपअन्तरगतको कम्पनीले आयात तथा बिक्री गर्दै आएको छ ।

प्रकाशित: १४ असार २०७३, मंगलवार

Comments are closed.

Loading...