नेपाल बैंकक फेस्टिवल आयोजना हुने

Technology Khabar १३ असार २०७३, सोमबार

नेपाल बैंकक फेस्टिवल आयोजना हुने

काठमाडौं ।

काठमाडौं, १२ असार । नेपाल र थाइल्याण्डबिचको द्धिदेशीय सम्बन्ध बिस्तार गर्ने लक्ष्यका साथ आगामी असोज दोस्रो साता काठमाडौंमा नेपाल बैंकक फेस्टिबलको आयोजना हुने भएको छ ।

आगामी असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म आयोजना हुने नेपाल बैंकक फेस्टिवल २०१६ को आयोजना सियाम लंचंग बैंककले गर्न लागेको हो । नेपाल बैंकक फेस्टिवल २०१६  मा नेपाल र बैंककका गरि १ सय ५० भन्दा बढी व्यवसायिक प्रतिष्ठानहरुको सहभागिता रहने बताईएको छ ।

नेपालका लागि थाई राजदुत भुट्टि भुट्टिसेन्टले दुई मुलुकबिच अहिले कायम रहेको व्यवशायिक सम्बन्ध बिस्तार गर्दै नेपालमा थाइल्याण्डको लगानी भित्र्याउनका लागि पनि फेस्टिवलले टेवा पुर्याउने बताईन् ।

विभिन्न विधाका उत्पादनहरु तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री र अन्य सामग्री फेस्टिवलको आकर्षणका रुपमा रहने छन् ।

त्यसै गरि हस्तकलाका उत्पादन, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोमा राखिने जारी विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: १३ असार २०७३, सोमबार

ताजा समाचार