लेनोभो स्मार्टफोनका केहि मोडलमा मूल्य घट्यो

Technology Khabar १२ असार २०७३, आईतवार

लेनोभो स्मार्टफोनका केहि मोडलमा मूल्य घट्यो
Classic Tech

काठमाडाैं, १२ असार । नेपालका लागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकम प्रा.लि.ले लेनोभो स्मार्टफोनका केहि मोडल सेटहरुमा मूल्य कटौती गरेको छ ।

कम्पनीले लेनोभो ए ३१९ डब्लू (Lenovo A319W), लेनोभो ए ३२८ डब्लू, (Lenovo A328W) लेनोभो ए ५३६ डब्लू (Lenovo A536 W) र लेनोभो ए ५००० (Lenovo A5000) मोडलमा मूल्य कटौती गरेको हो । कम्पनीले १,२५० रुपैंयादेखि अधिकतम २,३५० रुपैंयासम्मको मूल्य कटौती गरेको जानकारी दिएको छ ।

कटौती गरिएका मोडलहरुका नयाँ मूल्यहरु यसप्रकार छन् – ए ३१९ डब्लूको मूल्य रु.६,७५०/–, लेनोभो ए ३२८ डब्लूको मूल्य रु.८,१५०/–, लेनोभो ए ५३६ डब्लू मूल्य रु.१०,६५०/– र लेनोभो ए ५००० को मूल्य रु.१२,८५०÷– रहेको कम्पनीले जानकारी दियो । यसअघि यी स्मार्टफोन मोडलहरुको बजार मूल्य क्रमशः रु.१५,२००/–, रु.७५००/–, रु.१०,०००/–, रु.१२,२००/– तोकिएको थियो ।

लेनोभोले नेपाली बजारमा विभिन्न किसिमका बजेट अनुकुल आफ्ना विभिन्न उत्पादनहरु प्रस्तुत गर्दै आएको छ ।

मूल्य कटौती भएका मोडलहरुका ग्राहकहरु कम्पनीले लागू गरेको क्यास काउण्ट योजनामा पनि सहभागी हुनसक्ने बताईएको छ ।

लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्टफोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जुन स्क्रयाच गरि स्योर शट रु. पाँच सय देखि रु. एकलाखसम्म क्यास काउण्ट गर्ने अवसर पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १२ असार २०७३, आईतवार

Comments are closed.

Loading...