घरेलु महासंघले प्रत्येक जिल्लामा उद्योग ग्राम स्थापना गर्ने

Technology Khabar ९ असार २०७३, बिहीबार

घरेलु महासंघले प्रत्येक जिल्लामा उद्योग ग्राम स्थापना गर्ने

काठमाडौं ।

काठमाडौं, ९ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघले मुुलुकको संवैधानिक व्यवस्था अनुसार सबै प्रदेशमा गठन गरिएका आफ्ना प्रदेश संघहरूमा नियमित कार्यालय सञ्चालन र जिल्ला संगठनहरू सुदृढ गराउने भएको छ ।

महासंघको बुधबारदेखि बिहीबारसम्म काभ्रेको बनेपामा चलेको दुई दिने केन्द्रिय कार्यसमिति र केन्द्रिय महिला उद्यमी समितिको संयुक्त बैठकले घरेलु तथा साना उद्योगको विकास र प्रर्वद्धन गर्ने कार्यक्रम सहितको योजना पनि सार्वजनिक गरेको छ ।

घरेलु तथा साना उद्योगको विकास र विस्तारको योजना सहितको खाका प्रस्तुत गर्दै महासंघले लघु, घरेलु  तथा साना उद्योगीहरूबाट उत्पादित सामाग्रीहरूको अन्र्तराष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्न निर्यात गृह स्थापना गर्ने, महिला उद्यमशिलता विकास कोषलाई विस्तार गरेर ५० जिल्लामा पुर्याउने, प्रत्येक जिल्लामा घरेलु तथा साना उद्योग ग्रामको स्थापना गर्ने, भुकम्पबाट प्रभावित १७ हजारभन्दा बढी घरेलु तथा साना उद्योगहरूको पुर्नस्थापना गर्न सरकारले उपलब्ध गराएको दुई लाखलाई वृद्धि गरेर तीनलाख पु¥याउन पहल गर्ने, नेपाल सरकारले बनाएको सार्वजनिक निकायमा स्वदेशीवस्तुको उपयोग सम्बन्धि निर्दे्शिकालाई तत्काल लागु गराउन सरकारलाइ दबाब दिने लगायतका रहेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले बताए ।

Global Bank
easy care

प्रकाशित: ९ असार २०७३, बिहीबार

ताजा समाचार