बीजी मलमा एक्स्पोमा ५० लाखको कारोबार

Technology Khabar ९ असार २०७३, बिहीबार

बीजी मलमा एक्स्पोमा ५० लाखको कारोबार
Classic Tech
Nepal Telecom

काठमाडौं, ९ असार । नयाँ बसपार्कमा सञ्चालनमा रहेको बीजी मलले आयोजना गरेको मोबाइल एक्स्पोमा ५० लाख रुपैंयाको कारोबार भएको छ । मोबाइल एक्स्पोको आठौं दिनसम्ममा २५ हजार बढीले अवलोकन गरिसकेका मल व्यवस्थापनले जनाएको छ ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना सहित बीजी मलले मोबाइल एक्स्पोको आयोजना गरेको हो ।

एक्स्पो अवधिमा ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान गरि गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने दाबी गरिएको छ । यस क्रममा बुधबारसम्ममा १६ जना भाग्यशाली विजेताले मोबाइल सेट उपहार स्वरुप प्राप्त गरिसकेको मलले जानकारी दियो ।

त्यसैगरि १० हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने  र एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने बताईएको छ ।

एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको उपहार पाउने मलद्धारा जारि विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: ९ असार २०७३, बिहीबार

Comments are closed.

Loading...