Technology Khabar ८ असार २०७३, बुधबार
काठमाडौं, ८ असार । नोभा लन्चरको (Nova Launcher) गूगल प्लेमा राखिएको प्राईम भर्सन (Prime version) अब १ अमेरिकी डलरमा नै खरिद गर्न सकिने भएको छ । यसको मूल्य घटाएर अहिले ९९ अमेरिकी सेन्ट तोकिएको हो, जून मूल्यमा गूगलको प्ले स्टोरबाट प्रयोगकर्ताले डाउनलोड गर्न सक्नेछन् ।
नोभा लन्चरको प्राईम भर्सनको मूल्य यसअघि ४.९९ अमेरिकी डलर रहेको थियो ।
हाल मूल्य घटाईएको नोभा लन्चरको प्राईम भर्सनमा प्रो भर्सनमा रहेका सबै फीचरहरु अनलक गरेर राखिएका छन जुन स्ट्याण्डर्ड नोभा लन्चर एपमा उपलब्ध रहेको छ । यसमध्ये केहिमा जेस्चर कमाण्ड, कस्टम ड्रअर ग्रूप, अनरिड काउन्टस् रहेका छन भने यसका साथै एप्सलाई लुकाउने तथा एप वा फोल्डर सर्टकर्ट तथा स्वाईपका लागि कस्टम एक्सन सेट गर्न सकिनेछ ।
कम्पनीले नोभा प्राईम सेल अन्तर्गत नयाँ अफर ल्याएको हो । अफरअन्तरगत बेलायतमा यसको मूल्य ०.५० पाउण्ड तथा भारतमा यसको मूल्य भारु १० तोकिएको छ ।
प्रकाशित: ८ असार २०७३, बुधबार