Technology Khabar ७ असार २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ७ असार । नेपालका लागि पानासोनिक मोबाइल फोनको एकमात्र आधिकारिक विक्रेता एलाईड ट्रेड लिङ्क इन्टरनेशनल प्रा. लि. ले पानासोनिकका नयाँ मोबाइलहरू नेपाली बजारमा ल्याएको छ । कम्पनीले पानासोनिक मार्क, पानासोनिक आर्क, पानासोनिक टि ४४ तथा पानासोनिक टि ५० स्मार्टफोन बजारमा ल्याएको हो । यसमध्ये मार्क र आर्क मिडरेन्जका स्मार्टफोन हुन भने टि ४४ र टि ५० बजेट तहका स्मार्टफोन हुन् ।
एलाईड ट्रेड लिङ्कका प्रबन्ध निर्देशक मनिष राजभण्डारीले एस.एल.सी. परीक्षा दिएका परीक्षार्थीहरूका लागि यी बजेट स्मार्टफोनहरू आकर्षक र मूल्यमा सुलभ लाग्ने बताए ।
यी फोनहरुको विशेषता यस्ता छन् ।
पानासोनिक टि ४४ (Panasonic T44)
यो स्मार्टफोनमा ४ इन्चको डिस्प्ले राखिएको छ भने यसमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ । पानासोनिक टि ४४ मा फ्ल्याससहित ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसमा क्वाड कोर प्रोसेसर रहेको छ भने एन्ड्रोइड ६.० मार्समेलो अपरेटिंग सिस्टममा संचालन हुन्छ ।
स्यामपेन गोल्ड तथा इलेक्ट्रिक ब्लु रङमा बजारमा उपलब्ध यो स्मार्टफोनमा २४०० एमएएचको ब्याट्री प्याक राखिएको छ । यो फोनको मूल्य रु ६ हजार ९ सय ९० तोकिएको कम्पनीले जनाएको छ ।
पानासोनिक टि ५० (Panasonic T50)
पानासोनिकको यो बजेट स्मार्टफोनमा ४.५ इन्चको डिस्प्ले राखिएको छ भने क्वाड कोर प्रोसेसरद्धारा संचालन हुन्छ । यसमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ । फोटोका लागि फ्ल्याससहितको ५ मेगापिक्सेल रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
एन्ड्रोइड ५.१ ललिपपमा आधारित यो फोनमा १६०० एमएएचको ब्याट्री रहेको छ । स्यामपेन गोल्ड तथा डार्क ब्लु रङमा उपलब्ध यो फोनको मूल्य रू. ८४९० रहेको छ ।
पानासोनिक आर्क (Panasonic Arc)
यसमा ४.७ इन्चको एचडी डिस्प्ले राखिएको छ भने क्वाड कोर क्वालकम स्न्यापड्रयागन प्रोसेसर रहेको छ । २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज भएको यो स्मार्टफोनमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा १८०० एमएएचको ब्याट्री छ भने बजारमा यसको मूल्य रु १९,९९० तोकिएको छ । यो फोन एन्ड्रोइड ५.१ ललिपप अपरेटिंग सिस्टममा संचालन हुन्छ ।
पानासोनिक मार्क (Panasonic Mark)
पानासोनिकले हाल ल्याएका विभिन्न ४ फोनहरुमध्ये यो मिड रेन्जको फोन हो । यो फोनमा ५.५ इन्चको डिस्प्ले राखिएको छ भने यसमा १.५ गीगाहर्जको अक्टा कोर क्वालकम स्न्यापड्रयागन प्रोसेसर प्रयोग गरिएको छ ।
पानासोनिक मार्क स्मार्टफोनमा २ जीबी र्याम तथा १६ जीबीको स्टोरेज छ भने १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा फींगरप्रिन्ट सेन्सर पनि छ ।
एन्ड्रोयडको ललिपपमा आधारित यो फोनमा क्विक चार्जसहितको २५०० एमएएचको ब्याट्री छ । यो स्मार्टफोन नेपाली बजारमा रु २१,९९० मा खरिद गर्न सकिनेछ ।
प्रकाशित: ७ असार २०७३, मंगलवार