सामसुंग ग्यालेक्सी एस एटमा ड्यूल क्यामरा तथा फोर के डिस्प्ले राखिने अनुमान

Technology Khabar ६ असार २०७३, सोमबार

सामसुंग ग्यालेक्सी एस एटमा ड्यूल क्यामरा तथा फोर के डिस्प्ले राखिने अनुमान

काठमाडौं ।

काठमाडौं, ६ असार । सामसुंगले ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 Edge) सार्वजनिक गरेको केहि समय बितिसकेपनि यी दुई फोनको चर्चा सेलाएको छैन् । अझ त्यसमाथि ग्यालेक्सी नोट सेभेन (Galaxy Note 7) पनि एज भर्सनमा सार्वजनिक हुन लागेको विभिन्न समाचारहरु आई रहेका छन् ।

ग्यालेक्सी नोट यहि अगस्टमा सार्वजनिक हुने विभिन्न अनुमानका बिच कम्पनीको अर्को फ्ल्यागशिप एस एटको (Galaxy S8) बारेमा अनुमानहरु हुन थालिसकेका छन् । चीनियाँ स्रोतहरुलाई आधार मानेर विभिन्न जानकारीहरु आउन थालेका छन् ।

सामसुंगले आफ्नो अर्को फ्ल्यागशिप ग्यालेक्सी एस एट तथा एस एट एजमा ड्यूल क्यामरा राखिने चर्चा आएको छ । कम्पनीले सन् २०१७ मा घोषणा गर्ने ग्यालेक्सी एस एटको हालको एउटा रियर क्यामरामा अपग्रेड गर्दै ड्यूल क्यामरा सेटअप (dual-camera setup) राख्ने भएको चर्चा आएको हो ।

ग्यालेक्सी एस एटको कन्सेप्ट तस्विर ।
ग्यालेक्सी एस एटको कन्सेप्ट तस्विर ।

सामसुंग ग्यालेक्सी एस सेभेनको सफलताको रुपमा आउने नयाँ फोन एस एटमा राखिने ड्यूल रियर क्यामरा सेटअपमा हुने क्यामरा मोड्यूल भने सामसुंगले आफैंले बनाउने छ । सामसुंग मोटर्स सेम्कोले (SEMCO) ग्यालेक्सी एस एटको ड्यूल क्यामरा लेन्स मोड्यूल बनाउने चीनिया स्रोतहरुले जनाएका छन् ।

त्यस्तै सामसुंगको आउने उच्च तहको प्रिमियम सेटमा फोर के (4K) अर्थात यूएचडी (UHD) डिस्प्ले राखिने छ । यूएचडी डिस्प्ले राखिनुको कारणमा प्रयोगकर्ताले भीआर कन्टेन्टहरु प्रयोग गर्ने आधार देखाईएको छ ।

माध्यम १ माध्यम २

easy care

प्रकाशित: ६ असार २०७३, सोमबार

ताजा समाचार