ह्वावेले वाइ थ्री टू नेपाली बजारमा ल्यायो, इन्ट्री लेभलको स्मार्टफोन

Technology Khabar ३ असार २०७३, शुक्रबार

ह्वावेले वाइ थ्री टू नेपाली बजारमा ल्यायो, इन्ट्री लेभलको स्मार्टफोन
Classic Tech

काठमाडौं, ३ असार । स्मार्टफोन निर्माता कम्पनी ह्वावेले (Huawei) आफ्नो नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । मोबाइल उत्पादन चीनियाँ कम्पनीले वाइ थ्री टू (Y3 II) बजारमा ल्याएको हो । कम्पनीले यसलाई इन्ट्री लेभलको स्मार्टफोनको रुपमा बजारमा ल्याएको जानकारी दिएको छ ।

यो फोनमा ४।५ इन्चको डिस्प्ले छ जसको रिजोल्यूशन ४८०x८५४ पीक्सेल रहेको छ । वाइ थ्री टू स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ भने यसमा १ जीबी र्‍याम र ८ जीबी इन्टरनल स्टोरेज राखिएको छ । जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

यो फोनमा फोटो खिच्नका लागि ५ मेगापिक्सेलको रियर क्यामरा तथा सेल्फीका लागि २ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ। hw_475097

यो स्मार्टफोनको रियर क्यामराको वरिपरि रेन्बो लाईट देखिने विशेषता राखिएको छ, जसले कुनै नोटिफिकेशन आएको बेलामा अथवा ब्याट्री कम भएको जानकारी पनि दिन्छ । त्यसैगरी यो रेन्बो लाइट कसैले मोबाइलमा फोन गरेको बेलामा पनि हेर्न सकिन्छ । यसको लागि कम्पनीले कलिंग फ्ल्याश, म्यूजिकल फ्ल्याश, नोटिफिकेशनलगायतका सुविधा राखेको छ । यसका साथै रियर क्यामराका लागि एलईडी फ्ल्याश लाईट छुट्टै राखेको छ ।

यो फोनमा प्रयोगकर्तालाई चलाउँदा सहज बनाउनका लागि ईजी की फीचर राखिएको छ । ईजी की (Easy Key) पावर की तथा भोल्यूम कीको विपरित भागमा राखिएको छ ।hw_475105

ह्वावेको यस फोनमा सूपर स्पीकरहरु राखिएका छन जसले ८६ डीबीसम्मको आवाज सुन्न सकिन्छ । भने संगितको तालमा रेन्बो लाइट बल्ने फिचर राखिएको छ ।

एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टममा संचालन हुने यस फोनमा २१०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । फीचर फोनबाट अपग्रेड हुन चाहने र पहिलो पटक स्मार्टफोन खरिद गर्ने ग्राहकहरुलाई ध्यानमा राखेर ल्याएको यो फोन नेपाली बजारमा ९ हजार रुपैयाँ मूल्य तोकिएको कम्पनीले जनाएको छ।

यो फोन बजारमा आर्टिक ह्वाइट तथा ओब्सिडियन ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।

TK Viber

प्रकाशित: ३ असार २०७३, शुक्रबार

Loading...