ओबी ब्राण्ड औपचारिक रुपमा नेपाल भित्रियो, दुई स्मार्टफोन मोडलहरु सार्वजनिक

Technology Khabar २ असार २०७३, बिहीबार

ओबी ब्राण्ड औपचारिक रुपमा नेपाल भित्रियो, दुई स्मार्टफोन मोडलहरु सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २ असार । ओबी (Obi) ब्राण्डका स्मार्टफोनहरु अब नेपालमा औपचारिकरुपमा उपलब्ध भएका छन् । नेपालका लागि आधिकारिक रुपमा ज्योती समूहअन्तरगतको स्टार्क टेक कम्पनीले ओबी वल्र्डफोन (Obi worldphone) भित्र्याएको हो ।

कम्पनीले आज एक कार्यक्रमका बिच नेपाली बजारमा ओबी ब्राण्डका दुई मोडलहरु सार्वजनिक गरेको छ । कम्पनीले हाल एसजे १.५ तथा एसएफ १ मोडलहरु स्थानिय बजारमा ल्याएको हो । एसजे १.५ (SJ 1.5) मोडलको एउटा तथा एसएफ वान (SF 1) मोडलको दुईवटा संस्करणहरु उपलब्ध हुने जानकारी दिईयो । ओबी वल्र्डफोनद्धारा उत्पादन गरिएका यी दुबै स्मार्टफोनहरु एन्ड्रोयडको अपरेटिंग सिस्टममा आधारित रहेका छन् ।

अोबी ब्राण्डका फोनहरु सार्वजनिक गर्दै स्टार्क टेक कम्पनीका अध्यक्ष सौरभ ज्योती तथा अाेबी वर्ल्डफोनका भाइस प्रेसिडेन्ट अंकुश चटर्जी । तस्वीरः मोबाइल्सखखबर

कार्यक्रममा कम्पनीका अध्यक्ष सौरभ ज्योतीले नेपाली बजारमा क्यालिफोर्नियामा आधारित रहेको यूनिक डिजाइन र फीचर भएको स्मार्टफोन ब्राण्ड भित्र्याएको बताए । उनले भने, दिर्घकालिन सहकार्यसहित विश्वस्तरीय ओबी ब्राण्ड ल्याएका हौं ।

त्यसैगरी ओबी वल्र्डफोनका भाइस प्रेसिडेन्ट अंकुश चटर्जीले सस्तो मूल्यमा विश्वस्तरीय स्मार्टफोन बनाएको बताए । उनले बजेट फोनको रुपमा रहेपनि यसको डिजाइन उच्चस्तरको स्मार्टफोन जस्तै भएको स्पष्ट पारे । भाइस प्रेसिडेन्ट चटर्जीले छिटै नयाँ मोडलको स्मार्टफोन पनि नेपालमा सार्वजनिक गर्ने जानकारी दिए ।

अोबी ब्राण्डका फोन सार्वजनिक कार्यक्रममा अाेबी वर्ल्डफोनका भाइस प्रेसिडेन्ट अंकुश चटर्जी ।
अोबी ब्राण्डका फोन सार्वजनिक कार्यक्रममा अाेबी वर्ल्डफोनका भाइस प्रेसिडेन्ट अंकुश चटर्जी ।

कम्पनीले सार्वजनिक गरेको ओबी एसजे १.५ को मूल्य १४ हजार ७ सय ९९ रुपैंया तथा एसएफ वान मोडलको २ जीबी र्याम तथा १६ जीबी स्टोरेजको मूल्य २१ हजार ४ सय ९९ रुपैंया तथा ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेजको मूल्य २६ हजार १ सय ९९ रुपैंया तोकिएको छ ।

ओबी ब्राण्डका फोनहरु नेपालभर ८०० भन्दा बढि रिटेल स्टोरहरुबाट बिक्री गरिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी २० वटा सर्भिस सेन्टर स्थापना गर्ने तथा केहि दिनमा नै ३ वटा अनलाईन बिजनेस पार्टनरको सहयोगबाट अनलाईन बिक्री गरिने बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: २ असार २०७३, बिहीबार

ताजा समाचार