विश्वको सबैभन्दा सस्तो स्मार्टफोन हस्तान्तरण हुने, करिब ४ सय रुपैंयामा ‘फ्रीडम २५१’

Technology Khabar १ असार २०७३, बुधबार

विश्वको सबैभन्दा सस्तो स्मार्टफोन हस्तान्तरण हुने, करिब ४ सय रुपैंयामा ‘फ्रीडम २५१’

काठमाडौं ।

काठमाडौं, १ असार । विश्वको सबैभन्दा सस्तो स्मार्टफोन ग्राहकलाई उपलब्ध गराउने दाबी गरेको भारतीय कम्पनी रिंगिंग बेल्सले ग्राहकहरुलाई मोबाइल फोन डेलिभरी गर्ने भएको छ ।

सस्तो स्मार्टफोन बनाउने भनेर विवादमा आएको भारतीय मोबाइल फोन निर्माता रिंगिंग बेल्सले (Ringing Bells) यहि जून २८ तारिखदेखि ग्राहकहरुलाई मोबाइल सेट उपलब्ध गराउन लागेको हो । कम्पनीले फ्रीडम २५१ (Freedom 251) नामको स्मार्टफोन भारु २५१ अर्थात ४ सय नेपाली रुपैंयामा बिक्री गर्ने दाबी गरेको थियो । कम्पनीले यो घोषणा सार्वजनिक गर्ने वित्तिकै विभिन्न विवादहरुमा पर्दै आएको थियो ।F5

कम्पनीका निर्देशक मोहित गोयलले यो स्मार्टफोन खरिदका लागि रजिस्ट्रेशन गर्ने ग्राहकहरुलाई पहिले फोन दिईने बताए । गोयलले सबैभन्दा पहिले क्यास अन डेलिभिरीको नियम अन्तरगत रजिस्ट्रेशन गराउने ग्राहकहरुलाई फोन उपलब्ध गराउने स्पष्ट पारे ।Freedom 251_03

कम्पनीले फ्रीडम २५१ स्मार्टफोनका लागि भनेर फेब्रुअरीमा एक वेबसाइटको माध्यमबाट बिक्री शुरु गरेको थियो । भारतमा भारु २५१ मा खरिद गर्न सकिने यो फोनलाई कम्पनीले विश्वको सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा दाबी गरेको थियो ।

कम्पनीकाअनुसार यो फोनका लागी ३०,००० भन्दा बढि ग्राहकले बुकिंग गरेका थिए भने सात करोड भन्दा बढिले दर्ता गरेका थिए । फोन बुकिंगको समयमा कम्पनीको साइट क्र्यास भएको थियो । कम्पनीले यो फोन भारतको नोयडा र उत्तरान्चलमा उत्पादन गर्ने योजना राखेको छ ।

यो फोन सन् २०१६ को शुरुवातमा नै सार्वजनिक गरिएको थियो । यहि अस्वाभाविक मूल्यका कारण भारतीय सरकारी एजेन्सीहरुले यो कम्पनीको बारेमा अझै पनि जाँच गरिरहेका छन् ।

माध्यम

easy care

प्रकाशित: १ असार २०७३, बुधबार