फेसबुक म्यासेन्जर एपबाट सिधै एसएमएस पठाउन र हेर्न सकिने

Technology Khabar १ असार २०७३, बुधबार

फेसबुक म्यासेन्जर एपबाट सिधै एसएमएस पठाउन र हेर्न सकिने

काठमाडौं ।

काठमाडौं, १ असार। फेसबुकको म्यासेन्जर एपले अब एसएमएस पठाउने तथा प्राप्त गर्ने सुविधा दिएको छ । फेसबुकको एन्ड्रोयड एपमा कम्पनीले अतिरिक्त फिचर थप गरेर एसएमएसको सुविधा दिएको हो ।

फेसबुक म्यासेन्जरलाई (Facebook Messenger) अब डिफल्ट एसएमएस एपको रुपमा प्रयोग गरेर फोनबाट म्यासेन्जरको सहयोगबाट एसएमएस हेर्न वा पठाउन सकिने भएको हो । यो सुविधा प्रयोग गर्न निकै सजिलो बनाईएको छ । यो फीचर फेसबुक म्यासेन्जरमा अन गरेपछि म्यासेन्जरमा भएका कुराकानीहरुको समयमा प्रयोगकर्ताले ब्लू कलर (Blue color) नै देख्न सक्नेछ भने एसएमएस म्यासेज आएमा यसलाई पर्पल कलरमा (Purple color) देखाउनेछ ।

फेसबुकले यो नयाँ फिचर ल्याउनुको कारण मोबाइल प्रयोगकर्ताले सबै कार्यका लागि एउटा मात्र एप प्रयोग गरे पुग्दछ भन्ने हो । म्यासेन्जमा एसएमएस हेर्न र पठाउन सकिने भएपछि एसएमएस संचारको लागि अलग्गै एप आवश्यक पर्दैन् ।sms-in-messenger

म्यासेन्जरमा भएका एसएमस सुविधाले टेक्स्ट, भिडियो, अडियो, विभिन्न किसिमका ईमोजीहरु, स्टीकरहरु तथा लोकेसन शेयरिंग सपोर्ट गर्दछ । यसमा भएका एसएमएस कुराकाीनहरु फेसबुकको सर्भरमा अपलोड नहुने बनाईएको छ भने यी सबै म्यासेजहरु परम्परागत च्यान अर्थात मोबाइल क्यारियरबाट नै पठाईने छ । प्रयोगकर्ताको निजी गोपनियताका लागि फेसबुकले एसएमसएसका कुराकानीहरु सर्भरमा नराख्ने बताएको छ ।

फेसबुक म्यासेन्जरको यो सुविधा लिनका लागि लिस्टको एसएमएसमा ट्याप गरेर डिफल्ट एसएमएस एप अन गर्नुपर्दछ । एसएमएस गर्ने र लिने सुविधा म्यासेन्जरमा परिवर्तन गरेपछि प्रयोगकर्ताले एन्ड्रोयडको सिम्टमको म्यासेन्जरमा पनि एसएमएस प्राप्त गर्न र पढ्न सक्नेछन् ।
प्रयोगकर्ताले फेसबुक म्यासेन्जर एसएमएस पठाउनका लागि छनौट गरेपनि शुल्क भने मोबाइल सेवा प्रदायकलाई तिर्नुपर्ने हुन्छ । यस्तो म्यासेजको शुल्क सेवा प्रदायकले तोके बराबर नै हुनेछ ।sms-in-messenger-2

म्यासेन्जरबाट एसएमएस गर्दा प्रयोगकर्ताले च्याटबाट जवाफ दिन सक्ने व्यवस्था पनि रहेको छ भने एसएमएस र च्याटलाई फरक फरक गर्ने फेसबुकले जानकारी दिएको छ । यी दुबै अलग विषय भएको र दुबैलाई मर्ज नगरिने फेसबुकले स्पष्ट पारेको छ ।

यो नयाँ फीचर म्यासेन्जरको एन्ड्रोयड प्रयोगकर्ताहरुका लागि मात्र हाल उपलब्ध रहेको छ । एप्पलको आईओएसमा कम्पनीले डेभलपरहरुलाई अधिक प्रयोगको छुट नदिएको हुँदा यो सुविधा आईफोन प्रयोगकर्ताहरुले भने अनुभव गर्न पाउने छैनन् ।

यसैबिच फेसबुकले आत्महत्या रोक्नका लागि नयाँ टूल सार्वजनिक गरेको छ । फेसबुकका कुनै पनि प्रयोगकर्ताहरुले आत्महत्या गर्नसक्ने वा डिप्रेसनमा भएको बारेमा जानकारी दिने नयाँ टूल प्रयोगमा ल्याएको हो । यो टूलको प्रयोगबाट मानिसहरुले तीनका साथीहरु जो व्यक्तिगतरुपमा आफैंलाई हानी गर्न सक्ने वा आत्महत्या गर्न सक्ने खतरामा छन भने त्यसमा फ्ल्याग पोस्ट गर्ने सुविधा दिईएको छ ।

यो सुविधा शुरुवातमा अंग्रेजी भाषा प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहेको थियो भने अब यो विश्वभरका प्रयोगकर्ताहरुका लागि उपलब्ध रहेको छ ।

फेसबुकले आत्महत्या रोक्ने विभिन्न जानकारी तथा स्रोतहरु प्लेटफर्मले सपोर्ट गर्ने सबै भाषाहरुमा उपलब्ध रहेको जानकारी दिएको छ । यी टूलहरु मेन्टल हेल्थ अर्गनाईजेसनहरुको सहयोगमा विभिन्न मानिसहरुको जानकारीको आधारमा तयार पारिएको फेसबुकले जनाएको छ ।

आत्महत्याको खतरामा रहेका कुनैपनि साथीको पोस्टलाई प्रयोगकर्ताहरुले विश्वको कुनैपनि स्थानबाट फ्ल्याग पोस्ट गर्न सक्नेछ । यस्तो पोस्टलाई फेसबुकको ग्लोबल कम्यूनिटी अपरेटर्स टिमले रिभ्यू गरेर तत्काल अगाडिको कदम चाल्ने बताईएको छ ।

स्मरण रहोस केहि महिना अगाडि नेपालको पूर्वी जिल्लाका एक फेसबुक प्रयोगकर्ताले आत्महत्या गर्न लागेको जानकारी फेसबुकमा पोस्ट गरेपछि न्यूजिल्याण्डमा रहेको फेसबुक कार्यालयले नेपाल प्रहरीको सहयोगमा उक्त व्यक्तिलाई बचाएको समाचार सार्वजनिक भएको थियो ।

स्रोत  माध्यम १ माध्यम २

easy care

प्रकाशित: १ असार २०७३, बुधबार