फेसबुकमा मोबाइलबाट सिधै फोटो अपलोड गर्न नपाईने

Technology Khabar ३० जेष्ठ २०७३, आईतवार

फेसबुकमा मोबाइलबाट सिधै फोटो अपलोड गर्न नपाईने

काठमाडौं ।

काठमाण्डौं, ३० जेठ । फेसबुकले अब आफ्नो मोबाइल एपबाट ग्राहकहरुको फोटो हटाउने भएको छ । कम्पनीले यसको लागि फेसबुक प्रयोगकर्ताहरुलाई चेतावनीमूलक जानकारी दिँदै फोटोका लागि मोमेन्टस् (Moments) एप डाउलोड गर्न भनेको छ ।

यसअघि मोबाइलमा फेसबुक प्रयोग गर्ने प्रयोगकर्ताहरुको मोबाइलमा भएका विभिन्न फोटोहरु स्वचालितरुपमा सिन्क्रोनाइज गर्ने गरेको थियो । यसरी सिन्क्रोनाइज गरिएका सबै प्राइभेट तस्विर जुन फेसबुकमा शेयर नभएपनि व्यक्तिगतरुपमा प्रयोगकर्ताले मात्र हेर्न सक्दथ्यो, ती सबै हटाउने भएको छ । यसको लागि फेसबुकले यूजर्सलाई एक ईमेल पठाएर नयाँ एप आगामी जूलाई ७ तारिखसम्म डाउनलोड गरेर प्रयोग गर्न नत्र सबै तस्विरहरु डिलिट हुने चेतावनी दिएको छ । यो नियम मोबाइलमा फेसबुक प्रयोग गर्नेहरुका लागि रहेको छ ।

फेसबुकको नयाँ एम मोमेन्टस् डाउनलोड गरेर आफ्ना सबै प्राइभेट फोटोहरु म्यानेज गर्न सकिने बताईएको छ । कम्पनीले गत वर्ष यो मोमेन्टस् एप लन्च गरेको थियो । यसको सहयोगबाट अपलोड गरिएका प्राइभेट फोटोहरु फेसबुकमा भएका साथीहरुसँग शेयर गर्ने अप्शन रहेको छ । यसको अर्थ हो अब फेसबुकमा सिधै फोटोहरु अपलोड गर्न पाईने छैन् र यसको लागी मोमेन्टस् एप प्रयोग गर्नुपर्ने हुन्छ ।Moments-Logo

फेसबुकको मूख्य मोबाइल एपबाट फोटो सिन्क्रोनाईजिंग फीचर हालै हटाईएको थियो । फोटो सिन्क्रोनाईजिंग फीचर सन् २०१२ मा फेसबुकको मूख्य एपमा राखिएको थियो । जसले प्रयोगकर्ताको मोबाइलमा भएको फोटो अटोमेटिक अपलोड गर्न सक्दछ । यो फीचरमा एल्बममा भएका फोटोहरु फेसबुकमा देखिन्थ्यो भने अपलोड गर्नका लागि अनुमति माग्ने गर्दथ्यो ।

यदि कुनै प्रयोगकर्ताले फेसबुकको नयाँ एप मोमेन्टस् डाउनलोड गरेर प्रयोग गर्न नचाहेमा प्रयोगकर्ताले आफ्ना प्राइभेट तस्विरहरु कम्प्यूटरमा सुरक्षित गर्न सक्नेछ । यसको लागि प्रयोगकर्ताले जी फाईलको रुपमा आफ्ना तस्विरहरु डाउनलोड गरेर कम्प्यूटमा सुरक्षित गर्न सक्नेछन् ।

यसको अर्थ हो फेसबुकले स्वचालितरुपमा सिन्क्रोनाईज गरिएका फोटोहरु मात्र डिलिट गर्नेछ तर अहिले फेसबुकमा राखिएका र शेयर गरिएका फोटोहरु भने हट्ने छैन् । प्रयोगकर्ताले आफैंले अपलोड गरेका र शेयर गरेका फोटोहरु सुरक्षित नै हुनेछन् ।

त्यसैगरी यो नियम फेसबुकको मोबाइल एप भर्सनमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले कुनै फोटोहरु आफैंले मोबाइल वा कम्प्यूटरबाट अपलोड गरेको छ भने त्यसको हकमा यो नियम लागू नहुने फेसबुकको भनाई छ ।moments

पछिल्ला दिनहरुमा फेसबुकले आफ्नो मूख्य एप बाहेक अन्य एप्स प्रयोगका लागि प्रयोगकर्ताहरुलाई बाध्य बनाईरहेको छ । यसबाट फेसबुकलाई आफ्ना एप्स लोकप्रिय बनाउन र त्यसको प्रयोगमा बानि बसाल्न सहज भईरहेको छ । यसको सबैभन्दा पछिल्लो उदाहरण भनेको फेसबुकको मोबाइल एपबाट च्याटिंग सुविधा हटाउनु हो । फेसबुकले च्याटका लागि केहि सातादेखि मोबाइलमा म्यासेन्जर (Messenger) एप प्रयोग गराईरहेको छ ।

अब के गर्ने ?

मोबाइलमा फेसबुक चलाईरहेका प्रयोगकर्ताहरुले अब गूगलको प्ले स्टोर वा एप्पलको आई स्टोरबाट मोमेन्टस् एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

उक्त एप डाउनलोड गरेर प्रयोगकर्ताले मोबाइलमा भएका आफ्ना सबै फोटोहरु अटो सिन्क्रोनाईज गर्न सक्नेछ ।

यो एपबाट अपलोड गरिएका फोटोहरु प्रयोगकर्ताले फेसबुकमा सिधै शेयर गरेर साथीहरुलाई देखाउन सक्नेछ ।

फेसबुकको नयाँ एप मोमेन्टस् यहाँबाट डाउनलोड गर्न सकिन्छ ।

स्रोत

easy care

प्रकाशित: ३० जेष्ठ २०७३, आईतवार