एप्पल आईफोन सेभेनमा अब इन्टेलको चीप

Technology Khabar ३० जेष्ठ २०७३, आईतवार

एप्पल आईफोन सेभेनमा अब इन्टेलको चीप

काठमाडौं ।

काठमाण्डौं, ३१ जेठ । एप्पलले आगामी आउन लागेको आईफोन सेभेनबाट इन्टेलको मोडेम प्रयोग गर्ने भएको छ । एप्पलले आईफोन सेभेनको केहि संस्करणहरुका लागि इन्टेलको चीप प्रयोग गर्न लागेको हो ।

एप्पलले अमेरिकाको एटी एण्ड टी र अन्य बजारका लागी प्रयोग हुने केहि आईफोन सेभेन संस्करणका लागि इन्टेको चीप प्रयोग हुने छ । यसअघि कम्पनीले केबल क्वालकम सोलूसनबाट मात्र चीप लिने गरेको थियो ।

विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीको रुपमा रहेको एप्पलले आफ्नो आपूर्ति व्यवस्थालाई विविधिकरण गर्दै नयाँ कम्पनीको चीप प्रयोग गर्न लागेको हो । ब्लूमबर्गकाअनुसार एप्पलले सिमित संस्करणका लागि नयाँ चीप लिन लागेको हो । चीनमा बिक्री हुने एप्पलको आईफोन क्वालकम चीपमा आधारित रहेका कार्य गर्दछ, यो विषयमा जानकारी भएको व्यक्तिले उल्लेख गरेको छ ।

एप्पलबाट आएको यो मागले इन्टेल मोबाइल चीप कार्यक्रमलाई त्यसको बढ्दो संचालन घाटालाई पूर्ति गर्न सहयोग पुग्नेछ । उता क्वालकमले केहि अर्डरहरु गुमाएपनि एप्पलको व्यवसायमा यसको प्रमुख हिस्सा रहने छ ।

विश्लेषक स्ट्यासी रास्गनको अनुमान अनुसार क्वालकमले हाल एप्पलबाट करिब १५ प्रति डलर प्रतिफोन प्राप्त गर्दछ जुन एप्पलको गत आर्थिक वर्षको कूल ३.४७ विलियन अमेरिकी डलर हो ।

स्रोत

Global Bank
easy care

प्रकाशित: ३० जेष्ठ २०७३, आईतवार

ताजा समाचार