ट्वीटरको विवरणहरु ह्याक भयो, कतै तपाईँको पनि पर्यो की

Technology Khabar २७ जेष्ठ २०७३, बिहीबार

ट्वीटरको विवरणहरु ह्याक भयो, कतै तपाईँको पनि पर्यो की

काठमाडौं ।

काठमाण्डौं, २७ जेठ । तपाईँ ट्वीटर कत्तिको प्रयोग गर्नुहुन्छ । गर्नुहुन्छ भने सर्तक हुनुहोस् कतै तपाईको ट्वीटर (Twitter) एकाउन्ट ह्याक त भएको छैन् । यदि तपाईँको पासवर्ड निकै सरल राख्नुभएको थियो भने तपाईँको पासवर्ड र एकाउन्टका विवरणहरु चोरी भएका छन् ।

एक सय ४० शब्द मात्र लेख्न मिल्ने समाजिक संजाल ट्वीटरमा ह्याकरहरुले पहुँच पुर्याएका छन् । यो ह्याकबाट ट्वीटरका प्रयोगकर्ताको विभिन्न विवरणहरु ह्याकरले चोरी गर्न सफल भएका छन् । ह्याकरहरुले ३ करोड २० लाख भन्दा बढि ट्वीटर प्रयोगकर्ताका गोप्य सुचनाहरु चोरी गरेका छन र उक्त सुचनाहरु अब डार्क वेबमा बिक्री गरिएको छ ।

लीक्डसोर्सले (LeakedSource) आफ्नो ब्लगमा राखेको जानकारीअनुसार उसले ट्वीटर प्रयोगकर्ताहरुको जानकारी भएको नक्कल प्राप्त गरेको छ । यो जानकारीहरु “[email protected],” नामक ईमेलबाट पठाईएको हो । यो त्यहि ईमेल र व्यक्ति हो जसले गत सातामात्र रसियाको सोसल नेटवक भिकेबाट डाटाहरु ह्याक गरेर पठाएको थियो ।

यसअघि मात्रै माइस्पेस ह्याक गरेर करिब ३६ करोड एकाउन्टहरुको विवरणहरु चोरी गरिएको थियो । त्यस्तै सन् २०१२ मा नै लींक्डईनका (LinkedIn) १ अर्ब भन्दा बढि पासवर्डहरु सार्वजनिक गरिएका थिए ।

ट्वीटरमा भएको नयाँ ह्यामा ३ करोड २८ लाख ८८ हजार ३०० रेकर्डहरु ह्याक गरिएको लीक्डसोर्सले बताएको छ ।यो ह्याकमा ईमेल एड्रेसहरु, यूजरनेम, पासवर्डहरुको जानकारीमा पहुँच पुर्याईएको छ । यो सबै जानकारीहरु उक्त साइटको सर्च इन्जिनमा राखिएको छ, जुन रकम तिरिएको हो तर पनि मानिसहरुले लीक भएको सूचनाहरु हटाउन सक्ने बताईएको छ ।

यसरी ह्याक गरेर संकलन गरिएका विवरणहरु प्लेनटेक्स्टमा हेर्नसकिने किसिमका रहेका छन् । लीक्डसोर्सले यो विश्वास गरेको छ की प्रयोगकर्ताका सबै गोप्य सुचनाहरु फायरफक्स (Firefox) अवथा क्रोम (Chrome) जस्ता मालवेयरबाट प्रभावित पार्न सकिने ब्राउजरहरुबाट संकलन गरिएका हुन् ।
संकलन गरिएका अधिकांश प्रयोगकर्ताका जानकारी तथा सुचनाहरु रसियामा आधारित रहेका छन् । यसमा भएका जानकारीहरु १० ईमेल डोमेनमध्ये ६ वटा डोमेनहरुले रसियन डाटावेसका छन्, जसमा मेल डट आरयू (mail.ru) तथा यानडेक्स डट आरयू (yandex.ru) पनि रहेका छन् ।

केहि दिनअघि मात्र फेसबुकका संस्थापक कार्म जुकरबर्गको फेसबुक बाहेकका सामाजिक संजालका एकाउन्टहरु ह्याक भएका थिए ।

लीक्डसोर्सको डाटा विश्लेषण हेर्दा अधिकांश मानिसहरु एकाउन्टको पासवर्ड सुरक्षित बनाउने मामलामा चुकेका देखिन्छन् । उनीहरुले निकै सरल र सजिलो लाग्ने पासवर्डहरु छनौट गरेका छन् । सबैभन्दा लोकप्रिय पासवर्ड ‘१२३४५६’ (123456) रहेको छ, जसलाई करिब १२ लाख भन्दा बढिले प्रयोग गरेका छन भने ‘पासवर्ड’ (Password) भन्ने शब्द प्रयोग गर्नेको संख्या १७ हजार भन्दा बढि रहेको छ ।

स्रोत

easy care

प्रकाशित: २७ जेष्ठ २०७३, बिहीबार