महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित

Technology Khabar २६ जेष्ठ २०७३, बुधबार

महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित

काठमाडौं ।

काठमाडौं, २६ जेठ । नेपालमा लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन  नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्याम गिरी निर्वाचित भएका छन् ।

महासंघको २३ औं राष्ट्रिय महाधिवेशन तथा २० औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट यस अगाडिको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गिरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष गिरीले आगामी दिनमा सामुहिकताका साथ लघु, घरेलु तथा साना उद्योगीको हकमा काम गर्ने अभिप्रायले निर्देशित रहेर महासंघलाई अगाडि बढाउने बताए । लघु, घरेलु तथा साना उद्योगको बजार प्रवद्र्घनका लागि स्वदेशी वस्तु खरिद निर्देशिका लागु गर्नका लागि पहल गर्नेदेखि स्वदेशी वस्तु खरिद बिक्री तथा बजार स्थापना गर्न प्राथमिकताका साथ लाग्ने गिरीले बताए । अन्तर्राष्ट्रिय बजारमा लघु, घरेलु तथा साना उद्योगले गरेका उत्पादनको बजार विस्तार गर्न तथा औद्योगिक व्यवसाय ऐन जारी गराउन पहल गर्ने गिरीले बताए ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा उमेश प्रसाद सिंह, उपाध्यक्षहरूमा क्रमशः चन्दन कृष्ण श्रेष्ठ, विष्णुबहादुर लुइटेल, शोभा गुरूङ, कुमार गिरी, मोहन कटुवाल, पूर्णबहादुर भण्डारी, महासचिवमा डम्बरप्रसाद रेग्मी,  कोषाध्यक्षमा सत्यनारायण प्रजापति, सचिवमा प्रमिला बस्नेत र सह–कोषाध्यक्षमा शंकरप्रसाद आचार्य निर्वाचित भएका छन् ।

यसैगरी महासंघको प्रदेश संघको अध्यक्षमा उपत्याकाबाट प्रकाशबहादुर कायस्थ, प्रदेश नं. १बाट राजेश कोइराला,  प्रदेश नंं २ सत्यनारायण अग्रवाल, प्रदेश नंं ३ बाट सूर्यबहादुर कंडेल, प्रदेश नंं ४ बाट हरिहर थापा, प्रदेश नंं ५ बाट नेत्र प्रसाद पाठक, प्रदेश नंं ६ बाट चन्द्रबहादुर वि.सी, प्रदेश नंं ७ बाट प्रकाश रावल निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा महासंघको केन्द्रीय महिला उद्यमी समितिको सभापतिमा शिवा उपाध्याय “अञ्जु”, वरिष्ठ उपसभापतिमा रोशनी उपाध्याय, सचिव शान्ता बास्कोटा कोइराला, कोषाध्यक्षमा लक्ष्मी कुमारी  गिरी, केन्द्रीय सहसचिव रीता अवाल, केन्द्रीय सह–कोषाध्यक्षमा पञ्चलक्ष्मी श्रेष्ठलगायत निर्वाचित भएका छन् ।

easy care

प्रकाशित: २६ जेष्ठ २०७३, बुधबार